भूकम्पका घाइतेको उपचारमा केन्द्रित हुन प्रदेश स्वास्थ्य मन्त्री खनालको आग्रह

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले भुकम्प प्रभावितहरुको उपचारका लागी मन्त्रालयका तर्फबाट सबै प्रकारको सहयोग गर्न मन्त्रालय मातहतका कर्मचारिलाई निर्देशन दिनुभएको छ ।

कामको सिलसिलमा विदेश रहनु भएका स्वास्थ्य मन्त्री खनालले सचिवलाई टेलिफोन मार्फत जाजरकोट र रुकुम पुर्वमा भएको मानविय क्षेतीप्रति दुख ब्यक्त गर्दै घाइतेको उद्धार र उपचारमा सबै प्रकारको सहयोग गर्न निर्देशन दिनुभएको हो ।

घाइतेको उपचारका लागी औषधी सहितको चिकित्सकहरुको टोलि प्रभावित स्थलमै पु¥याउन भन्दै स्वास्थ्य मन्त्री खनालले प्रदेश मातहतका चिकित्सक सहित सबै स्वास्थ्यकर्मीलाई विपदमा परेकाको उपचारमा लाग्न आग्रह गर्नुभएको छ ।

स्वास्थ्य मन्त्री खनालले भुकम्पमा परी निधन भएकाहरु प्रति श्रद्धाञ्जली प्रकट गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । मन्त्री खनालले घाइतेको उपचकार लागी प्रदेश अन्र्तगतका अस्पतालहरुलाई पनि तयारी अबस्थामा राख्न निर्देशन दिनुभएको थियो ।

भुकम्प प्रभावीतको उपचारका लागी लुम्बिनी प्रदेश सरकारले चिकित्सक सहित २६ जनाको टिम जाजरकोट र रुकुम पूर्व पठाइसकेको छ । लुम्बिनी प्रदेश अन्र्तगतका लुम्बिनी प्रादेशिक अस्पतालबाट अत्याधुनीक उपचार सामग्री सहित ७ लाख रुपियाँ बराबरको औषधी र राप्ती प्रादेशिक अस्पतालबाट ४ लाख रुपियाँ बराबरको गरि लुम्बिनी प्रदेशबाट ११ लाख रुपियाँ बराबरको औषधी भुकम्प प्रभावित क्षेत्रमा पठाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?