काठमाडौं । कलाकर्मीहरू पनि भूकम्पपीडितको सहयोगमा जुटेका छन् । कलाकार र गीत संगीत क्षेत्रका व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत सहयोग घोषणा गरिरहेका छन् । चलचित्र निर्माता तथा निर्देशक सन्तोष सेनले आशुसेन फिल्मस्मार्फत आइतबार प्रधानमन्त्री राहत कोषमा ६१ हजार ५०० रुपैयाँ दिनुभएको छ । उहाँले सार्वजनिक गर्ने भनिएको नयाँ चलचित्र ‘बलिदान’को पहिलो टिजर केही समयका लागि स्थगित गर्नुभएको छ । यसको टिजर आइतबार सार्वजनिक गर्ने पूर्वनिधारित कार्यक्रम थियो ।
यस्तै, अभिनेता पल शाहले पनि भूकम्पपीडितलाई ५० हजार सहयोग दिने घोषणा गर्नुभएको छ । साथै, आफ्नो ‘टिम नेपाल’ पनि राहत र स्वास्थ्य टोलीसहित जाजरकोट गइसकेको उहाँले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नुभएको छ ।
त्यस्तै, गायक सञ्जय श्रेष्ठले पनि भूकम्पपीडितलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ । पप गायक सुनील सिंह ठकुरीले पनि कन्सर्टबाट उठेको पैसा भूकम्पपीडितलाई सहयोग गर्ने हुनुभएको छ । आगामी २४ गते उहाँको गृह जिल्ला बाँकेमा हुने ओपन कन्सर्टबाट उठ्ने रकम जाजरकोट र रुकुमका भूकम्पपीडितलाई दिने घोषणा गर्नुभएको छ । टिकटकर अशु वर्माले पनि टिकटकमार्फत एक भिडिओ अपलोड गर्दै आफूले भूकम्पपीडितलाई सक्दो सहयोग गर्ने उल्लेख गर्नुभएको छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पका कारण भौतिक संरचना भत्कँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ । मध्यरातमा आएको भूकम्पमा परी जाजरकोटका १०५ जनाले ज्यान गुमाएका छन् भने रुकुम पश्चिममा ५२ जनाको निधन भएको छ । भूकम्पका कारण दुई जिल्लाका हजारौं नागरिक सडकमा आश्रय लिन बाध्य छन् । भूकम्पमा परी डेढ सय बढी नागरिक घाइते भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच