
काठमाडौं । कामना सेवा विकास बैंकले स्थापनाको १६औँ वर्ष पूरा गरी १७औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमअन्तर्गत कामना सेवा फुटसल कप सिजन ३ सम्पन्न भएको छ । पुरुषतर्फको खेलको फाइनल खेलमा गरिमा विकास बैंकले माछापुच्छ्रे बैंकलाई २-१ ले हराउँदै उपाधि जितेको छ । महिलातर्फको फाइनल खेलमा माछापुच्छ्रे बैंकले आयोजक कामना सेवा विकास बैंकलाई २-० ले हराउँदै उपाधि जितेको छ ।
कामना सेवा विकास बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा हरेक वर्ष फुटसल कप आयोजना गर्दै आएको छ । विजेता तथा उपविजेता टिमलाई बैंकले ट्रफी, मेडल, प्रमाणपत्र पुरस्कार प्रदान गरेको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, प्रमुख सञ्चालन अधिकृत विकास ढुंगाना र एन्फा रेफ्री नारायण अधिकारीले विजेता तथा उपविजेता टिमलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
त्यस्तै बैंकले बुटवल क्षेत्रमा रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ । बैंकका सञ्चालक भीमप्रसाद तुलाचन, नेपाल रक्तदाता संघ बुटवलका अध्यक्ष दयाबहादुर सिलवालको उपस्थितिमा भएको रक्तदान कार्यक्रममा ७६ पिन्ट रगत संकलन भएको बैंकका बुटवल क्षेत्रका क्षेत्रीय प्रमुख खिमलाल भुसालले बताउनुभएको छ ।
वार्षिकोत्सवका अवसरमा बैंकको कोशी प्रदेशले धरान उपमहानगरपालिकामा श्रमदान गरेको छ । धरान उपमहानगरपालिकाले कोकाहखोलादेखि धरानसम्म पानी ल्याई रिचार्ज गर्न निर्माण गर्न लागिएको रिचार्ज ट्यांकी निर्माणमा श्रमदान गरेको हो । सो अवसरमा मेयर हर्क साम्पाङको समेत उपस्थिति रहेको बैंकका कोशी प्रदेश प्रमुख मोहनदत्त खनालले जानकारी दिनुभएको छ । बैंकले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सवका अवसरमा विभिन्न १७ कार्यक्रमसहित सप्ताहव्यापीरूपमा कार्यक्रम गर्दैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच