राज्य व्यवस्था समितिको टोलीलाई भूकम्प प्रभावित क्षेत्रमा जान सभामुखको निर्देशन

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सभामुख देवराज घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिबाट अनुगमन टोली भूकम्प प्रभावित क्षेत्रमा पठाउन निर्देशन दिनुभएको छ ।

सभामुख  घिमिरेले समितिका सभापति रामहरि खतिवडालाई भूकम्पपीडितको अवस्था बुझ्न संसदीय टोली पठाउन निर्देशन दिनुभएको हो ।

सभामुख घिमिरेले राज्यकोषबाट भ्रमण भत्तालगायतका अतिरिक्त सेवा सुविधासमेत नलिई अनुगमनमा जान निर्देशन दिनुभएको थियाे ।

सभामुखकाे निर्देशन अनुसार भूकम्प प्रभावित जिल्लामा भइरहेको राहत, उद्धार र उपचारको अवस्थाबारे बुझ्न राज्य व्यवस्था तथा सुशासन समितिको टोली बुधबार जाजरकोट र पश्चिम रुकुम जाने भएको छ।

अनुगमनमा समितिका सभापति रामहरि खतिवडाको टोलीमा ९ सदस्यीय टोली जाने भएको छ।

समिति सभापति खतिवडासँगै सांसदहरू गगन थापा, विश्वप्रकाश शर्मा, हृदयराम थानी, कृष्णगोपाल श्रेष्ठ, रवि लामिछाने, बुद्धिमान तामाङ, सर्वेन्द्रनाथ शुक्ल, चित्रबहादुर केसीलगायत जाने निर्णय भएको छ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?