काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को ग्लोबल अध्यक्षमा रामचन्द्र थापा (अष्ट्रेलिया) र वरिष्ठ उपाध्यक्षमा साबु गदाल कार्की (अमेरिका) सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा मित्रलाल पार्दै (पोल्याण्ड), अर्जुन काफ्ले (बेल्जियम), मनिषकुमार श्रेष्ठ (बेलायत), राधी क्षेत्री (इटाली) निर्वाचित हुनुभएको छ ।
त्यसैगरी महासचिवमा राजमान तामाङ (डेनमार्क), सचिवमा आनन्दु लामा (अमेरिका) कोषाध्यक्षमा कुलराज थापा (नेपाल) निर्वाचित हुनुभएको छ ।
क्षेत्रीय संयोजकहरूमा प्रकाश तिवारी (युरोप), रूपा न्यौपाने (दक्षिण एसिया), कन्हैयासिंह परियार (उत्तर अमेरिका) रहनुभएको छ । सहसंयोजकहरूमा श्याम श्रेष्ठ (युरोप) रहनुभएको छ भने बाँकी केही पदहरू हालका लागि रिक्त राखिएको ग्लोबल समितिले जनाएको छ ।
इनासले प्रत्येक दुई वर्षमा गर्ने ग्लोबल सम्मेलनका अवसरमा कार्य कुशलताको उच्च मूल्यांकन गर्दै एक क्षेत्रीय समिति र एक राष्ट्रिय समितिलाई उत्कृष्ट इनास सम्मानद्वारा सम्मान गर्दै आएको छ ।
जसअनुसार यसपटक जर्मनी राष्ट्रिय समिति र युरोप क्षेत्रीय समितिले इनास उत्कृष्ट सम्मान २०२३ प्राप्त गरेका छन् । इनास उत्कृष्ट राष्ट्रिय समिति जर्मनीको सम्मान इनास जर्मनीका पूर्वसल्लाहकार मदन दाहाल तथा इनास युरोप राष्ट्रिय समितिले प्राप्त गरेको सम्मान इनास युरोपका संयोजक प्रकाश तिवारीले ग्रहण गर्नुभयो ।
इनास नेपालका अध्यक्ष दयाराम पाण्डेले स्वागत मन्तव्य राखेको कार्यक्रममा पूर्ण लामाको समूहले नृत्य, गायिका माण्डवी त्रिपाठी र सरोज साजन श्रेष्ठले गायन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा नेपाली चलचित्रका प्रथम नृत्य निर्देशक भैरवबहादुर थापा, वरिष्ठ गीतकार किरण खरेल, वरिष्ठ गायिका मिरा राणा, वरिष्ठ अभेनता कृष्ण मल्ल, अभिनेत्री शर्मिला मल्ललाई सम्मान गरिएको थियो । उहाँहरूलाई ‘इनास विशिष्ट सम्मान २०२३’ द्वारा सम्मान गरिएको हो ।
कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी, ग्लोबल अध्यक्षमा रामचन्द्र थापालगायतले सबैलाई फूलमाला तथा सम्मान पत्रले प्रदान गर्नुभएको थियो । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश रेग्मीले नेपाली भाषा, कला तथा संस्कृतिलाई विश्वव्यापी रूपमा संरक्षण तथा सम्बद्र्धन गर्ने इनासले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
यस्तै, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले कलाकार संघ इनाससँग सहकार्य गरेर अगाडि बढ्न तत्पर रहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच