यति बेला विश्वका पाँच सबभन्दा तीव्र गतिले उदाउँदै गरेका अर्थव्यवस्था भएका देशहरूको समूह–‘ब्रिक्स’ माडलर कूटनीतिको विकल्पलाई लिएर गहिरो विचार विमर्श चलिरहेको छ । यसमा विशेष गरेर चीन र रुस अमेरिकी प्रभावको डलर अर्थव्यवस्थाबाट बाहिर निस्कने हुटहुटीले ब्यग्र देखिन्छन् । वास्तवमा डलरको दबदबाबाट अमेरिकाले विश्वमा आफ्नो बादशाही चलाउने गर्दै आएको छ । त्यसैको दममा अमेरिकाले कुनै पनि देशकाविरुद्ध एकतर्फी प्रतिबन्ध लगाएर तिनको आर्थिक गतिविधि रोकिदिने गर्दछ, तिनलाई विश्व अर्थव्यवस्थाबाट अलग्याउने र एक्ल्याउने गर्दछ । डलर अमेरिकाका लागि राजनीतिक, आर्थिक र सामरिक हतियार हो जसको मार हान्ने क्षमताको कुनै विकल्प नै अहिलेसम्म विकसित हुन सकेको थिएन । तर अब यो वर्चश्व टुट्ने स्थिति तीव्र रूपमा विकसित हुन थालेको छ ।
रुस–युक्रेन युद्धका बीच अमेरिकी प्रतिबन्धसँग जुधिरहेको रुसको अगुवाइमा अमेरिकी डलरको दबदबालाई समाप्त पार्ने कोसिस कत्तिको प्रभावकारी होला ठोकेरै त कसैले भन्न नसक्ला तर संकेत के देखिँदैछ भने त्यसबाट यस परिवर्तनको अपूर्व पदचाप त सुनिन्छ । के चाखलाग्दो छ भने डलर अर्थ व्यवस्थामाथि भारतजस्तो देश पनि असमञ्जसमा छ भने अर्कोतिर मलेशिया, अर्जेण्टिना, इण्डोनेशिया, बंगलादेश, इरानदेखि लिएर साउद अरबसम्मले परिवर्तनको बाटोको खोजिगरिरहेका छन् । अनि मुद्राविनिमयका अन्य वैकल्पिक मार्गलाई आफ्नो समर्थन दिइरहेका छन् ।
सबैका लेनदेनका बीच युआनको उपस्थिति र स्वीकार्यता सबैभन्दा बढी रहेको एकदमै प्रष्ट छ र त्यो अझ बढ्दै जाने स्थितिमा रहेको छ । वास्तवमा चीन आर्थिक शक्तिका रूपमा उदाउनु समकालीन विश्वको एउटा महत्वपूर्ण परिघटना हो ।
यस्तो अवस्थामा के प्रश्न पुनः खडा हुन्छ भने डलरको किल्प के-के हुनसक्छ । यस्तो स्थितिमा डलरको विकल्प के हुनसक्छ । पाउण्ड, येन, युआन या रुपैयाँ पनि कि ? रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले स्पष्ट रूपमा भनिसकेका छन् कि हामी एशिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूसँगको व्यापारमा चिनियाँ मुद्रा युआनमा भुक्तान गर्ने पक्षमा छौं । युआनलाई विश्व स्तरमा अपनाउने पुटिनको सुझाबलाई खारेज गर्न सकिँदैन । चीनसँग व्यापारमा रुस पहिलादेखि नै युआनको उपयोग गर्दै आएको छ । युक्रेन युद्धपछिदेखि त रुस र चीनको द्विपक्षीय व्यापार अझ बढेको छ । अर्जेण्टिनाले पनि भनेको छ कि चिनियाँ उत्पादनहरूका लागि भुक्तानी डलरमा होइन, युआनमा गर्न चाहन्छ ।
अनि चीन र ब्राजिलकाबीच सम्झौता भइसकेको छ कि दुवै देशले युआनमा भुक्तानी गर्ने छन् । दक्षिण अमेरिकाको सबैभन्दा ठूलो अर्थव्यवस्था भएको देश ब्राजिल पनि बितेको एक दशकभन्दा बढी समयदेखि चीनको सबैभन्दा ठूलो कारोबार गर्ने साझेदार बनेको छ । ब्राजिलले दाबी नै गरिसकेको छ कि करिब २५ वटा देशहरूले पहिलेदेखि नै युआनमा भुक्तानी गरिरहेका छन् । ब्रिटिश रिटेलर ‘टेस्को’ ले पनि आफ्ना चिनियाँ आयातीत सामानका लागि युआनमै भुक्तानी गर्न चाहन्छ । साउदी अरब पनि यतिबेला चीनसँग कुराकानी गर्दै छ कि उसले तेल (पेट्रालियम पदार्थ)मा हुने भुक्ततानीका लागि चीनको युआनलाई पनि लिन सक्छ । यसमा अमेरिकाका अन्य सहयोगी देशहरू सामेल छन् जसलाई अब युआनमा भुक्तानी गर्न कुनै असहज लाग्दैन ।
कयौं यथार्थ तथ्यहरूले स्पष्ट पारिरहेका छन्, जसनुसार विश्वभरिका केन्द्रीय बैंकहरूमा रिजर्भ मुद्रामा डलरकको हिस्सेदारी आज कम भइसकेको या निरन्तर भइरहेको छ । उल्लेखनीय छ कि १९९९ सम्म विश्व रिजर्भमा डलरको हिस्सेदारी ७२ प्रतिशत रहेको थियो जुनअब घटेर ५९ प्रतिशतमा झरेको छ । यद्यपि यसको एकमात्र कारण केवल युआन नै त होइन आज त मलेशिया, इण्डोनेशिया, सिंगापुर र थाइल्याण्ड जस्ता देशहरू पनि छन् जसले स्थानीय मुद्रामा समेत लेनदेन गर्ने गरेका छन् । अनि कतिपय खाडीका देश र रुसले पनि भारतीय मुद्रा स्वीकार गर्ने गरेका छन् ।
यी सबैका लेनदेनका बीच युआनको उपस्थिति र स्वीकार्यता सबैभन्दा बढी रहेको एकदमै प्रष्ट छ र त्यो अझ बढ्दै जाने स्थितिमा छ । वास्तवमा चीन आर्थिक शक्तिका रूपमा उदाउनु समकालीन विश्वको एउटा महत्वपूर्ण परिघटना हो । यो रुसभन्दा पनि बढी यसकारण प्रभावकारी छ किनभने रुसले सामरिक रूपले त अमेरिकालाई चुनौती दिने कोसिस त गरेको थियो तर उसको डलर कूनीतिमाथि कुनै नियन्त्रण थिएन । चीनले भने अमेरिकाका लागि असीम योजनापूर्वक सामरिक र आर्थिक चुनौती आज प्रस्तुत गरिरहेको छ । चीनले द्विपक्षीय, बहुपक्षीय र बृहतस्तरको वान बेल्ट वान प्रोजेक्ट अर्थात् ‘बिआरआई’ परियोजनाबाट डलर कूटनीतिलाई चुनौती दिइरहेको छ ।
कतिपय कठिनाइ हुँदाहुँदै पनि डलर कूटनीतिमा मानवाधिकार, मानवीय मूल्य, समानता, लोकतन्त्र र स्वतन्त्रताको चिन्ता लिइने गरिन्छ र युआन कूटनीतिलाई कथित अधिनायकवाद, साम्यवादी आक्रामकता र मानवाधिकारको उपेक्षा हुनेजस्ता कुरा औंल्याउने उराल्ने गरिन्छ ।
विश्वको सबैभन्दा ठूलो बजार बन्न सफल भएपछि चीनले आफ्नो मुद्रा युआनलाई स्थापित गर्ने प्रयास सुरु गरेको हो । चिनियाँ सरकारले युआनमा सीमापार भुक्तानीको सुविधाका लागि २०१५ मै ‘क्रस बोर्डर इन्टर बैंक पेमन्ट सिस्टम लन्च’ अर्थात सीमापार भुक्तानी प्रणाली लागू ग¥यो । त्यसको तीन वर्षपछि २०१८ मा चीनले निर्यातकलाई युआनमा तेल बेच्ने अनुमति दिनका लागि विश्वमा पहिलो ‘युआन डोमिनेटेड क्रुडआयल फ्युचर्स कन्ट्रयाक्ट लन्च गर्न थाल्यो । यस क्रममा चीन विश्वको सबैभन्दा ठूलो लेनदारको रूपमा खडा हुनपुग्यो । जसमा सरकार र राज्य-नियन्त्रित दर्जनौं उद्यमहरूमा विकासशील देशहरूलाई ऋण दिइरहेका परियोजना पनि छन् ।
चीनले वास्तवमा विश्वको पहिलो केन्द्रीय बैंक डिजिटल मुद्राहरूमध्ये एकको रूपमा आफूलाई विकसित गरिरहेको छ । चीनका लागि युआनलाई सबल बनाउने गहिरो अवसर मिल्यो । चीन विश्वको सबैभन्दा ठूलो निर्यातक देश हो र जापान, जर्मनी, ब्राजिल र अन्य देशहरूसमेतको सबैभन्दा महत्वपूर्ण व्यापारिक साझेदार पनि बनिसकेको छ । बजारमा बिनिमय दरको आधारमा अमेरिकापछि चीनको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्थ बनेको छ । वास्तवमा चीन अमेरिकी डलरको विश्वव्यवस्थालाई प्रभावित गर्न अन्य देशहरूलाई स्थानीय मुद्रामा व्यापार गर्न प्रोत्साहित पनि गरिरहेको छ ।
चीनले विकल्पका रूपमा एशियाली मुद्राकोषको स्थापना गर्नमा चाख पनि देखाएको छ जसमा उसलाई मलेशिया जस्ता कतिपय देशहरूको समर्थन मिलिसकेको या मिलिरहेको छ । चीनले यो सुविधा अब ब्रिक्स देशहरूका बीचमा लागू गर्ने मनसुवा देखाइरहेको छ, जसनुसार ब्रिक्कस देश डलरको साटो युआन र आ-आफ्ना मुद्रामा व्यापार गर्न सक्छन् । यी सबैका बीच के संकटहरू छन् भने कतिपय देशहरू कर्जाको जालमा फसेर मुद्रा स्वीकार गर्न बाध्य हुने डर रहेको सन्देह छ ।
यस्ता कतिपय कठिनाइ हुँदाहुँदै डलर कूटनीतिमा मानवाधिकार, मानवीय मूल्य, समानता, लोकतन्त्र र स्वतन्त्रताको चिन्ता लिइने गरिन्छ र युआन कूटनीतिलाई कथित अधिनायकवाद, साम्यवादी आक्रामकता र मानवाधिकारको उपेक्षा हुनेजस्ता कुरा रहेको औंल्याउने उराल्ने गरिन्छ । अनि के सन्देह उठाउने गरिन्छ भने युआन कूटनीति म्यानमारमा जस्तै विश्वका कैयौं देशहरूमा लोकतन्त्रलाई समाप्त पारेर राजनीतिक अस्थिरता बढाउन सक्तछ । यी भनिएका सम्भावित आशंका निर्मूल गरिनुपर्दछ भन्ने आशय व्यक्त गर्ने गरिन्छ । यस प्रकार विश्वव्यवस्थाले नयाँ मोड लिने प्रायः निश्चित बनेको छ । डलर कूटनीतिको बादशाही समाप्तिको सँघारमा पुगेको छ । विकसित भएका विश्वप्रवृत्तिलाई हेर्दा र केलाउँदा यसमा अब कुनै सन्देह छैन कि युआन र डलरको लडाइँमा युआनको विजय प्रायः निश्चित छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच