भूकम्प प्रभावित क्षेत्रमा एमालेले एक हजार स्वयंसेवक परिचालन गर्ने

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा (एमाले) ले जाजरकोट केन्द्र भाग भएर गएको भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक परिचालन गर्ने भएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले मंसीर १ गतेदेखि एक हजार स्वयंसेवक परिचालन गरी हजारौं अस्थायी घर टहरा भूकम्प पीडितलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो । उनीहरुले करोडौं मूल्य बराबरको श्रमदान गर्नेगरी सो कामको संयोजन भने जिम्मेवारी भने पार्टीको कर्णाली प्रदेश कमिटीलाई दिने निर्णय पनि गरिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली जानकारी दिनुभयो ।

त्यसैगरी एमालेले राहत वितरणको कामलाई पारदर्शी, निष्पक्ष र प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराएको छ । राहत वितरणमा राजनीतिककरण भइरहेको निष्कर्ष निकाल्दै एमालेले त्यसो नगर्न पनि सरकारलाई भनेको उपमहासचिव ज्ञवालीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको बैठकले जाजरकोट र रुकुम पश्चिममा गएको १७ गतेको विनाशकारी भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । ज्यान गुमाउने १५३ जनाप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरेको छ । ३६४ जना जो घाइते हुनुभएको छ । उहाँहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । र, झन्डै ३४ हजार घरहरु आंशिक र पूर्ण रुपमा जुन क्षति भएका छन । यसप्रति हामी अत्यन्तै संवेदनशील छौं । यो भूकम्पमा घरबार गुमाएकाहरुको अस्थायी आवास निर्माणका लागि हामीले तपाईहरुलाई सम्झनै छ । २०७२ मा विनाशकारी भूकम्पपछि ५० हजार स्वमयसेवकहरु परिचालन गरेका थियौं । र, ३ महिनाको बीचमा हामीले २७ हजार घर, टहराहरु बनाएर हस्तान्तरण गरेका थियौँ । यही लेवलमा एक हजार स्वयंसेवकहरु मंसिर १ गतेदेखि त्यहाँ खटिनु हुनेछ । हामीले पाँच हजार कार्यदिन भन्दा बढी त्यहाँ खटने छौं । एक करोड भन्दा बढि मूल्यको चाहीँ हामीले श्रम गर्नेछौं । र, हजारौं टहराहरु बनाएर नागरिकहरुलाई अस्थायी तर न्यानो घरमा चाहीँ बसाएर हामी फर्कनेछौं । मंसीर १ गतेदेखि त्यो अभियान चलाउँछौं । यो कामको संयोजन चाहीँ पार्टीको कर्णाली प्रदेश कमिटीले गर्नेछ । र, हामीले सरकारसँग माग गरेका छौं । यो राहत संकलन भएर पनि प्रभावकारी ढंगले वितरण नभईरहेको, राहत एक ठाउँमा डम्प भएको, तर पीडितहरुले नपाएको, उनीहरु चिसोमा भोकभोकै सुत्न बाध्य भएको, कतिपय ठाउँमा त्यसका पनि राजनीतिकरण भएको र पछिल्लो समय त एक खालको विपद पर्यटन जस्तो, विपद् हेर्न जाने र सेल्फी खिच्ने जस्तो कतिपय कुराहरु भएका छन् । यसमा गम्भिर हुन र पारदर्शी, निष्पक्ष र प्रभावकारी ढंगले राहत वितरणका लागि सरकारलाई ध्यानाकर्षण पनि गराएका छौं ।’

एमालेले विपद्का बेला भूकम्प प्रभावित क्षेत्रलाई सेल्फी खिच्ने ठाउँको जस्तो व्यवहार नगर्न पनि सम्बन्धित व्यक्ति तथा पक्षलाई सचेत गराएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?