काठमाडौं । प्रकृति श्रेष्ठ र अभिलाषा विष्ट तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको महिला सिंगल्समा बुधबार फाइनलमा प्रवेश गर्नुभएको छ । वीर गणेशमान सिंह फाउण्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा संयुक्तरूपमा आयोजित प्रतियोगिताको सेमिफाइनलमा प्रकृतिले शुभाङ्गीलक्ष्मी शाहलाई ४–६, ६–३ र ६–० तथा अभिलाषाले माहिका राणालाई ७–५ र ६–२ को सेटमा पराजित गर्नुभयो ।
पुरुष डबल्समा प्रदीप खड्का र निहालजंगबहादुर थापाको जोडीले स्वर्ण जित्नुभयो । उक्त जोडीले फाइनलमा सक्षमविक्रम शाह र प्रितम परियारको जोडीलाई ४–६, ६–४ र १०–१ ले हराउनुभएको थियो । भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्सको फाइनलमा कमल थापाले विदुर विष्टलाई ४–१ र ४–० ले पराजित गर्दै शीर्षस्थान हात पार्नुभयोे ।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियारले सन्तोष खत्रीलाई ६–२, ७–६(३) तथा कमलबहादुर भण्डारीले सिमान्त गुरुङलाई ६–३ र ६–२ ले पाखा लगाउँदै फाइनलमा स्थान पक्का गर्नुभयो । ४५ वर्षमाथि पुरुष सिंगल्समा महेश श्रेष्ठले विमलकुमार गुरुङलाई ६–२ र ६–२ को सोझो सेटमा पन्छ्याउँदै सेमिफाइनलमा पुग्नुभयो । ४५ वर्षमाथि पुरुष डबल्समा रोहित सुनुवार र यज्ञबहादुर भण्डारीको जोडीले डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीलाई ६–४ र ६–४ को सोझो सेटमा निराश पार्दै फाइनल यात्रा तय गर्नुभयो ।
जुनियर : सरालाई दोहोरो स्वर्ण
प्रतियोगिताअन्तर्गत जुनियरमा सरा पन्तले बुधबार दोहोरो स्वर्ण जित्नुभयो । सराले यू–९ र यू–१० गल्र्स सिंगल्समा स्वर्ण जित्नुभएको हो । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको यू–९ फाइनलमा सराले थिअ श्रेष्ठलाई ४–० र ४–१ ले पराजित गर्नुभयो । अर्को फाइनलमा सराले अनुश्री धोजूमाथि ६–२ र ७–६(१३) को जित दर्ता गर्नुभयो । यू–१० ब्वाइज सिंगल्स फाइनलमा विश्वविशेष डल्लाकोटीले सुजन कुईंकेललाई ६–३ र ६–३ ले हराउँदै पहिलो हुनुभयो । यू–१२ गल्र्स सिंगल्समा शिभाली गुरुङले साल्भी महर्जनलाई ६–१ र ६–० को सोझो सेटमा पाखा लगाउँदै शीर्षस्थान कब्जा गर्नुभयो । यू–१४ ब्वाइज सिंगल्स फाइनलमा वृजेश अर्यालले बोरिस अधिकारीलाई ६–२ र ६–३ ले पन्छ्याउँदै शीर्षस्थानमा रहनुभयो ।
ब्वाइज डबल्समा वृजेश अर्याल र शाश्वत बज्राचार्यको जोडीले अर्याश झा र सौर्य झाको जोडीलाई ६–० र ६–० तथा अद्रिन थापा र दीर्घायु लामाको जोडीले रनिश श्रेष्ठ र युभेनमान श्रेष्ठको जोडीलाई ६–१ र ६–३ को सेटमा पराजित गर्दै स्वर्ण भिडन्त पक्का गर्नुभयो । गल्र्स डबल्समा स्वस्तिका विष्ट र मेरिशा थापाको जोडीले अभ्नी क्षेत्री र नताशा गुप्ताको जोडीलाई ६–० र ६–० तथा रोज राई र प्रज्ञा बज्राचार्यको जोडीले तभिसी राणा र लुनिभा शाक्यको जोडीलाई ६–४ र ६–३ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच