
काठमाडौं । चलचित्र ‘ब्ल्याक छायाँ’ को गीत ‘पचासको नोट, बाजेको कोट’ सार्वजनिक गरिएको छ । लंका फिल्मस् प्रा.लि.को ब्यानरमा खड्ग लामा मोक्तान प्रस्तुतकर्ता रहेको चलचित्र ‘ब्ल्याक छायाँ’को पहिलो गीत सार्वजनिक गरिएको हो ।
चलचित्रमा निर शाह, सुनिल थापा, सलोन बस्नेत, रुविना थापा, रविन्द्र झा, जाहन्वी बस्नेत, बुद्धि तामाङ, राजेन्द्र खड्गी, आर.एल.लामा मोक्तान, शारदा गिरी ‘काली बुढी’, शोभित बस्नेत, सुस्मा कार्की, निमा दोर्जे मोक्तान र धीरेन शाक्यलगायत कलाकारको अभिनय छ ।
रेल्लुमाया तामाङ, बिना दुरुङ च्याङ मगर (मैना) र आर. सोनाम मोक्तान निर्माता रहेको चलचित्रमा श्यामबहादुर मोक्तान कार्यकारी निर्माता हुनुहुन्छ । सञ्चु थोकर लामाको छायाँकन रहेको चलचित्रमा गौतमराज खड्काको सम्पादन छ ।
भिएफएक्स र कलर समिर मियाँ, गीत तथा संगीत राजेन्द्र बजगाईं तथा युवराज कँडेल र मीना निरौलाको स्वर छ । चलचित्रको कथा, पटकथा, संवाद र निर्देशन आर.एल.लामा मोक्तानले गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच