
काठमाडौं । भूकम्पपीडितको उद्धार तथा सहयोगार्थ ज्योति विकास बैंकले जिल्ला प्रशासन कार्यालय जाजरकोटसँगको समन्वयमा पीडितलाई आर्थिक सहयोग गरेको छ । सोअन्तर्गत बैंकले जाजरकोट जिल्ला प्रशासन कार्यालयको भूकम्प प्रभावित राहत कोषमा पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
ज्योति विकास बैंकका जाजरकोट शाखा प्रबन्धक वीरेन्द्रबहादुर ऐडीले प्रमुख जिल्ला अधिकारी सुरेश सुनार र सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई उक्त रकम हस्तान्तरण गर्नुभएको बैंकले जनाएको छ ।
ज्योति विकास बैंकले जाजरकोटस्थित शाखामार्फत् सरल वित्तीय सेवाका साथै संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत् विभिन्न क्षेत्रमा समन्वय र सहयोग गर्दै आएको छ । बैंकले आगामी दिनहरूमा पनि जाजरकोटस्थित शाखामार्फत् दीर्घकालीन र दिगो कार्यक्रमलाई निरन्तरता दिने बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच