प्रतापपुर र सुस्तामा बजार अनुगमन, खरिदबिक्रीको अनुमतिमा उद्योग संचालन

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवपरासी । पश्चिम नवलपरासीमा जिल्लाको दक्षिण क्षेत्रमा रहेको बजारमा बजार अनुगमन गरिएको छ । बजार अनुगमन उपसमितिले नवलपरासी चाडपर्वलक्षित जिल्लाको दक्षिण क्षेत्रको प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिकाको बजारको पसलहरुमा गरेको हो । व्यापारी उपभोक्ता ठग्ने र कालो बजारी बढेको जनगुनासो बढेकोले बजार अनुगमन गरिएको बजार अनुगमन उपसमिति संयोजक एवम घरेलु तथा साना उद्योगका उद्योग अधिृकत पुरुषोत्तम पौडेलले जानकारी दिनु भयो ।

बजार अनुगमन उपसमितिले प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिकाको किरान पसल मिष्ठान भण्डार, होटल रेष्टुरेन्ट, बेकरी पसलहरुमा अनुगमन गरिएको पौडेलले बताउनु भयो । उहाँका अनुसार अनुगमनको क्रममा मिष्ठान भण्डार पसलहरूमा सरसफाई नगरेको पाईएको बताउदै होटलहरुको किचन सरसफाई राख्न सुझाव दिइएको छ ।

एउटा पसलले खरिद बिक्रीको ईजाजतपत्र लिएको तर रेष्टुरेन्ट संचालन गरेको पाइएकोले ती पसललाई उद्योगमा दर्ता गरी संचालन गर्न निर्देशन दिईएको छ । अधिकास पसलहरुले मूल्यसुची राखेको तर मूल्य सुची अपडेट नगरेको भेटाईएको र नविकरण नगरि संचालन गरिएको उद्योग अधिकृत पौडेलले बताउनु भयो । अनुगमन समितीले नविकरण नगरी संचालन गरेको पसललाई नविकरण गरी पसल संचालन गर्न निर्देशन दिईएको अनुगमन समितीले जनाएको छ ।

अनुगमनको क्रममा अखाद्य वस्तु नभेटिएको र गुणस्तरमा राम्रो रहेको पाईएको घरेलु तथा साना उद्योग कार्यालयका नविन बस्यालले बताउनु भयो । प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका गरी किराना पसल मिष्ठान भण्डार, होटल रेष्टुरेन्ट, बेकरी गरी १३ वटा पसलहरुमा अनुगमन गरिएको बस्यालले जानकारी दिनु भयो ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालयका सम्झना काफ्ले, घरेलु तथा साना उद्योग नवलपरासीका उद्योग अधिकृत पुरूत्तोम पौडेल, ईलाका प्रहरी कार्यालय सेमरीका सई गोकर्ण चौहान, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिलगायतद्वारा बजार अनुगमन गरिएको थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?