काठमाडौं । अभिलाषा विष्ट र माहिका राणाको जोडीले तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको महिला डबल्समा स्वर्ण जित्नुभएको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा अभिलाषा र माहिकाको जोडीले प्रकृति श्रेष्ठ र रायना शाहको जोडीलाई ६–३ र ६–१ को सोझो सेटमा पराजित गर्नुभयो । भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङ पहिलो हुनुभयो । उहाँले फाइनलमा जीवन घिमिरेलाई सिधा सेटमा ६–३ र ६–४ ले हराउनुभयो ।
वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा सन्तोष खत्री र सुवास बस्नेतको जोडीले जितेन्द्र परियार र इलम दिक्षितको जोडीलाई ६–४ र ६–३ तथा महेश श्रेष्ठ र अनिल साइको जोडीले सीमान्त गुरुङ र कमलबहादुर भण्डारीको जोडीलाई ६–४ र ६–१ को सोझो सेटमा पाखा लगाउँदै फाइनल यात्रा तय गर्नुभयो ।
प्रतियोगिताअन्तर्गत जुनियरको ब्वाइज डबल्समा वृजेश अर्याल र साश्वत बज्राचार्यको जोडी पहिलो हुनुभयो । उक्त जोडीले फाइनलमा अद्रिन थापा र दीर्घायु लामाको जोडीलाई ६–० र ६–१ को सेटमा पाखा लगाउनुभयो । सो स्पर्धाको गल्र्समा स्वस्तिका विष्ट र मेरिशा थापाको जोडीले फाइनलमा रोज राई र प्रज्ञा वज्राचार्यको जोडीलाई ६–० र ६–० ले सहजै पन्छ्याउदै पहिलो स्थान हात पार्नुभयो ।
यू–१४ गल्र्स सिंगल्समा शिभाली गुरुङ र स्वस्तिका विष्ट फाइनलमा भिड्नेछन् । शिभालीले प्राज्ना मानन्धरलाई ६–४ र ६–१ तथा स्वस्तिाकाले कर्मिस्था नुगाह श्रेष्ठलाई ६–२ र ६–१ ले पराजित गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच