दलाई लामाको उत्तराधिकारी आफ्नो देशका ब्यक्ति चयन हुनुपर्ने चीनको भनाई

हिमालय टाइम्स
Read Time = 2 mins

अरुणाञ्चल (भारत) । तिब्बती धर्मगुरु दलाई लामाको चयनका बारेमा चीनले फेरि एकपटक मुख फोरेको छ ।

शुक्रबार (नोभेम्बर १०) चीनले वर्तमान ८८ वर्षीय दलाई लामाको उत्तराधिकारी चीनको सीमाभित्रबाट छान्नुपर्ने र यसका लागि चीनको अनुमति लिनुपर्ने बताएको छ ।

चीन सरकारले श्वेतपत्रमा दलाई लामा र पञ्चेन रिन्पोछेलगायत तिब्बतमा बस्ने सबै अवतारी बुद्धले चीनको सीमाभित्रबाट उत्तराधिकारी खोज्नुपर्ने बताएको हो। परम्पराअनुसार सुनको कलशबाट चिठ्ठा निकालेर निर्णय लिइने र यसअघि चिनियाँ सरकारको अनुमति अनिवार्य गर्नु पर्नेछ ।

चीनले आफ्नो श्वेतपत्रमा भारतको सिमानामा निर्माण भएका पूर्वाधारलाई उल्लेख गर्दै नेपाल हुँदै रेल र सडक सञ्जालसँगै तिब्बत दक्षिण एसियाको प्रवेशद्वार बन्न लागेको बताएको छ । चीनले तिब्बत भनेको भारतको अरुणांचल प्रदेश हो । चीनले तिब्बतलाई शिजाङ भन्छ।

तिब्बती धर्मगुरु दलाई लामालाई पनि चीनले आफ्नै तहबाट निर्वाचित गरेको हो । यद्यपि, बौद्ध सम्प्रदायमा उनको स्वीकृति व्यापक छैन । हालको पञ्चेन लामाले तिब्बतमा व्यापक स्वीकृति पाएका छैनन् । उहाँ नम्बर-२ आध्यात्मिक नेता हुनुहुन्छ, जसलाई चीनले दलाई लामाको मनोनीत उत्तराधिकारीलाई हटाएर नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?