धादिङमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

फाईल तस्बिर

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 3 mins

धादिङ । तिहारको समयमा खेलिने देउसी भैलो राती ९ बजे सम्म मात्र खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै धादिङको १३ स्थानीय तहमा राती ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने सूचना जारी गरेको हो ।

प्रशासनले सामाजिक तथा धार्मिक सद्भाव कायम गर्दै चाडपर्व सभ्य, सुरक्षित र मर्यादित रुपमा मनाउन भन्दै यस्तो सूचना जारी गरेको हो ।

देउसी भैलो राती ९ बजेसम्म खेल्न र असभ्य, अमर्यादित तथा सामाजिक सद्भाव खल्ल पुग्ने गरी कार्यक्रम नगर्न प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिनुभयो । यस्तै मदिरा तथा मदिराजन्य पदार्थको बिक्री वितरण राती ९ बजेसम्म प्रचलित कानुन अनुसार अनुमति प्राप्त व्यवसायीले मात्रै गर्न पाउने भएको छ।

साथै पटका, आतसबाजी लगायतका विस्फोटक पदार्थहरूको उत्पादन, आयात, संचय, बिक्री वितरण र प्रयोग नगर्न, जुवा, तास, कौडा सट्टेबाजी लगायतका जुवाजन्य नखेल्न र कानुनले निषेध गरेका कुनै प्रकारका कार्यहरु नगर्न पनि सूचनामा भनिएको छ ।

यस्तै मेला, महोत्सव, प्रदर्शनी आदि स्थानीय प्रशासनको स्वीकृति लिई तोकिएका सर्तहरूको पालना गरेर मात्रै सञ्चालन गर्न,अत्यावश्यक वस्तुहरुको कृत्रिम अभाव सृजना गर्ने, अस्वाभाविक मूल्य वृद्धि गर्ने, म्याद नाघेका, गुणस्तरहीन र अखाद्य सामग्री बिक्री वितरण गर्ने, अवैध चोरी निकासी गर्ने, आपूर्तिमा अवरोध पु¥याउने कार्य नगर्न, सवारी साधनमा स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु चढाउने, बढी भाडा नलिन प्रशासनले आग्रह गरेको छ ।

सूचनामा उल्लेखित विषयहरुको पालना नगरे प्रचलित कानुन अनुसार कारबाही हुने प्रशासनले जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?