गैरसरकारी संस्थाहरुले गरेका कामको सरकारले निरन्तरता दिनुपर्नेमा सांसद बिष्टको जोड

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

कालीकोट । कर्णाली प्रदेश सभा सदस्य माननीय हिक्मत बहादुर बिष्टले गैरसरकारी संस्थाहरुले सुरु गरेका विभिन्न विकास तथा निर्माणका कामहरुको सरकारले निरन्तरता दिनुपर्ने बताउनु भएको छ ।

किर्डाक नेपाल कालीकोटको आयोजना र सेभ द चिल्ड्रेनको सहयोगमा सदरमुकाम मान्ममा आयोजित एक कार्यक्रममा सांसद बिष्टले यस्तो बताउनु भएको हो । 'गैरसरकारी संस्थाहरुले सुरु गरेका विकास निर्माण कालीकोटमा धेरै छन्,' उहाँले भन्नुभयो, 'यसलाई स्थानीय सरकार, प्रदेश सरकार वा संघीय सरकारले थप निरन्तरता दिन आवश्यक छ ।'

किर्डाक नेपालले कालीकोटमा बालवालिकाको क्षेत्र र शिक्षा क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै सांसद बिष्टले अव यसलाई संस्थागत गर्न विशेष गरी स्थानीय सरकारको जिम्मेवारी हुने बताउनुभयो । संस्थाले सुरु गरेका कामहरुमा सहयोग सँगै सम्पन्न भएका कामहरुको निगरानी र निरन्तरता दिनु आवश्यक रहेको विष्टको भनाई थियो ।

बालबिवाहमा कमि ल्याउन संस्थाले गरेका कामहरु स्थानीय सरकारले आफ्नो नीति तथा कार्यक्रममा राखेर कार्यान्वयन गर्नुपर्ने मुख्य कर्तव्य हुने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?