काठमाडाैं । सातौं दक्षिण एशियाली कराते च्याम्पियनसिप आगामी मंसिरको तेस्रो सातादेखि शुरु हुने भएको छ ।
नेपाल कराते महासंघको आयोजनामा आगामी मंसिर १६ गतेदेखि ६ राष्ट्रले प्रतिष्पर्धा गर्ने दक्षिण एशिया कराते च्याम्पियनसिप हुन लागेको हो । यस किसिमको च्याम्पियनसिप २५ वर्षपछि आयोजना गर्न लागेकाले यो आयोजनाबाट नेपाली करातेको गरिमा अझ बढाउने आयोजकको विश्वास छ । महासंघले शुक्रवार पत्रकार सम्मेलन आयोजना गर्दै च्याम्पियनसिपबारे जानकारी दिएको हो । नेपालसहित बंगलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलंकाले दुईदिने च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने महासंघका अध्यक्ष युवराज लामाले जानकारी दिनुभयो ।
प्रतिवन्धमा रहेकाले श्रीलंकाको भने एनओसी टिम सहभागी हुने जनाइएको छ । च्याम्पियनसिपमा क्याडेट, जुनियर, यु-२१ र सिनियरमा गरी चार विधामा कुल तीन सय ५३ खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । महासंघका महासचिव दावा गुरुङले कुल ६२ स्वर्णका लागि प्रतिष्पर्धा हुने जानकारी दिनुभयो । यस क्रममा क्याडेटमा १२, जुनियरमा १५, यु-२१ मा १६ र सिनियरमा १९ स्पर्धामा खेल हुनेछ । नेपालबाट भने ६८ खेलाडीले सबै स्पर्धामा चुनौति प्रश्तुत गर्ने भएका छन् ।
नेपाली खेलाडीको प्रशिक्षणका लागि ६ प्रशिक्षक र दुई व्यवस्थापकको व्यवस्था गरिएको छ । गोकर्णेश्वरस्थित शंखडोल कराते एकेडेमीमा कुमुते टोली र बौद्ध डोजामा काता टोलीले तयारी गरिरहेका छन् । महासंघका अध्यक्ष लामाले प्राविधिक रूपमा यो प्रतियोगिता आयोजना गर्नुपर्ने बंगलादेशले प्रश्ताव नै नगरेकाले नेपालले आयोजनाका लागि प्रश्ताव गरेकोमा एशियाली कराते महासंघ(एकेएफ) ले स्वीकृति दिएको जानकारी दिनुभयो । एकेएफ र राखेपबाट स्वीकृति पाएको प्रतियोगितालाई विश्व कराते महासंघ(डब्लुकेएफ) र नेपाल ओलम्पिक कमिटीले पनि मान्यता दिएको कराते महासंघले जनाएको छ ।
च्याम्पियनसिपका खेलहरू त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा हुनेछ । आयोजकले प्रतियोगिता सञ्चालन गर्न करिव एक करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । प्रतियोगिताअघि मंसिर १२ गतेदेखि एकेएफ रेफ्री सेमिनार सातदोबाटोस्थित कराते एकेडेमी हलमा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच