काठमाडौं । गीतकार, साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाहको चलचित्र ‘उफ यो मन’ सेन्सर पास भएको छ । केन्द्रीय जाँस पास समिति (सेन्सर बोर्ड)ले यो चलचित्रलाई ‘युनिभर्सस सर्टिफिकेट’ दिएको हो । यो चलचित्र सबै उमेर समूहले हेर्न पाउनेछन् ।
सेन्सर सदस्यहरूले चलचित्र हेर्ने क्रममा यसको तारिफसमेत गरेका थिए । ‘सेन्सर पदाधिकारीले हाम्रो चलचित्रलाई मायाप्रेमको कथामा उत्कृष्ट सिनेमा निर्माण गर्नुभएको रहेछ भनेर तारिफ गर्नुभयो,’ निर्माता अनु शाहले भन्नुभयो । उहाँले चलचित्रलाई पहिले अमेरिकाबाट प्रदर्शन सुरु गरिने पनि जानकारी गराउनुभयो । ‘हामी यो चलचित्रलाई अमेरिकाबाट प्रदर्शन सुरु गर्छौँ त्यसपछि नेपाललगायत विश्वभर प्रदर्शन गर्ने तयारी गरेका छौँ,’ अनुले भन्नुभयो ।
अनुराधा फिल्मस् इन्टरनेशनलको निर्माण रहेको यो चलचित्रलाई सुरज चन्दले निर्देशन गर्नुभएको हो । चलचित्रमा एसराज गराच, रोहित रुम्बा, यमी दाहाल, समित गिरी, दीपक क्षेत्री, पुकार गुरुङलगायतका कलाकारको अभिनय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच