नेपालबाहिर नेपाली भाषीबीच लोकप्रिय आदिकवि भानुभक्त

कृष्ण भुसाल
Read Time = 12 mins

हरेक वर्ष असार २९ मा आदिकवि भानुभक्त आचार्यलाई विशेष सम्झना गरिन्छ  । यस दिन उहाँले नेपाली साहित्यमा पुर्‍याएको योगदानको चर्चा र परिचर्चा गर्ने गरिन्छ  । नेपालमा औपचारिक रूपमा एक दिन कार्यक्रम गरेर उहाँको चर्चा गरिन्छ भने नेपालबाहिर सिक्किम, आसाम, मणिपुर नागाल्यान्ड, मिजोरम, दिल्लीसहितका नेपालीहरू बसेको ठाउँमा भानुजयन्तीमा विशेष कार्यक्रम हुने गर्दछन् । नेपाली भाषी भएका सिक्किम, दार्जिलिङलगायत क्षेत्रमा यस दिन उहाँको विशेष सम्झना र योगदानको चर्चा-परिचर्चा हुने गर्दछ  ।

भानुजयन्ती आउनुभन्दा केही दिनअघिदेखि नै यो सन्दर्भ पारेर विविध साहित्यिक र सांस्कृतिक कार्यक्रम हुने गर्दछन् सिक्किममा । हरेक वर्ष भव्यरूपमा सिक्किममा भानुजयन्ती मनाउने गरिन्छ । भानुजयन्तीका दिन सिक्किममा सार्वजनिक बिदा पनि दिने गरिन्छ  । सिक्किमको गान्तोकमा विशेषरूपमा भानुजयन्ती मनाइन्छ भने राज्यभर नै विशेष समारोहको आयोजना हुने गर्दछन्  । भानुजयन्ती, सांस्कृतिक र साहित्यिक महोत्सवका रूपमा सिक्किम, दार्जिलिङका पहाडमा नेपाली भाषी समुदायबीच भव्य उत्साहका साथ मनाइन्छ  ।

विभिन्न कार्यक्रमका साथ भइरहेको समारोह भानुजयन्तीका दिन तीन चरणमा बाँडिएको थियो । पहिलो चरणमा गान्तोकमा रहेको भानुउद्यानमा माल्यार्पण र प्रभातफेरि थियो भने दोस्रो चरणमा भानुपुरस्कारका साथै विभिन्न सम्मान र तेस्रो चरणमा सांस्कृतिक कार्यक्रम रहेको थियो ।

केही वर्षअगाडि यो अवसरमा प्रत्यक्ष सहभागी हुने मलाई मौका मिलेको थियो भने यो वर्ष पनि भानुजयन्तीका अवसरमा यो मौका जुर्‍यो । यो अवसर जुटाएको थियो-नेपाली साहित्य परिषद् सिक्किमले । यसका लागि आयोजकप्रति हार्दिक आभार । विशेष आभार परिषद्का अध्यक्ष हरि ढुंगेलज्यूमा । यस्तै, उपाध्यक्षद्वय नवीन लामिछाने र भक्ति शर्मा, महासचिव नीलम न्यौपाने, कोषाध्यक्ष जीएस सुब्बा, सचिव साहित्य/पुस्तकालय भीम राउत, सचिव कला/संस्कृति गणेश ढुंगेल, सचिव प्रशासन/विधि रत्न लक्सम सुब्बा, सचिव प्रचार/प्रसार जोसेफ लेप्चा, कार्यकारी सदस्य रवि पौड्याल र विष्णु रानामा हार्दिक आभार । हाम्रो बसाइँलाई सहज तुल्याउनुहुने कुवेर विष्टमा आभार ।

हामीलाई सुरुदेखि अन्त्यसम्म विशेष ख्यालका साथै यात्राको सम्पूर्ण तारतम्य मिलाउनुहुने कवि/गीतकार/गायक/सङ्गीतकार जीवन शर्माप्रति अनुग्रहित छु । यसपालिको भानुजयन्तीमा नेपाली हास्यविधाका सम्राट ‘मह’ जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, गायिका मिलन नेवार, यमन श्रेष्ठ र गायक मोहित आचार्य नेपालबाट अतिथिका रूपमा पुग्नुभएको थियो । मह जोडीलाई यस अवसरमा विशेष सम्मान रहेको थियो । केही दिनदेखि विभिन्न कार्यक्रमका साथ भइरहेको यो समारोह भानुजयन्तीका दिन तीन चरणमा बाँडिएको थियो । पहिलो चरणमा गान्तोकमा रहेको भानुउद्यानमा माल्यार्पण र प्रभातफेरि थियो भने दोस्रो चरणमा भानुपुरस्कारका साथै विभिन्न सम्मान र तेस्रो चरणमा सांस्कृतिक कार्यक्रम रहेको थियो ।

पहिलो चरणमा मुख्यमन्त्री पीएस तामाङले मह जोडीलाई खादा ओढाएर सम्मान अर्पण गर्नुभएको थियो । दोस्रो चरणमा हास्यविधाका ‘महासम्राट’ र ‘अद्वीतीय व्यक्तित्व’ भन्दै मह जोडीलाई विशेष सम्मानपत्र, फूलमाला, दोसल्ला ओढाएर सिक्किम सरकारका सभामुख, मन्त्री सोनाम लामा, मुख्यमन्त्री पीएस तामाङका राजनीतिक सल्लाहाकार ज्याकव खालिङ, नेपाली साहित्य परिषद् सिक्किमका अध्यक्ष हरि ढुंगेललगायतले अभिनन्दन गर्नुभएको थियो । तेस्रो चरणको कार्यक्रममा उहाँहरूले गीत गाएर उपस्थिति दर्शकलाई भरपूर्ण मनोरञ्जन प्रदान गर्नुभएको थियो । यस्तै, मिलन नेवारले पनि मदनकृष्णलाई गीत गाउन सहयोग गर्नुभएको थियो । मिलनले गीत प्रस्तुत गर्दा दर्शकको वाहवाही बटुल्न सफल हुनुभएको थियो ।

यस्तै, यमन श्रेष्ठ र मोहितवंश आचार्यको प्रस्तुतिलाई पनि दर्शकले खुबै रूचाएका थिए । यहाँ यो दिवस राज्य दिवसका रूपमा मनाउने गरिन्छ । यो अवसरमा भारतका अन्य राज्यबाट विशिष्ट साहित्यकार र सर्जकको उपस्थिति रहेको थियो । भानुजयन्तीका अवसरमा हरेक वर्ष प्रदान गरिँदै आएको सिक्किमको प्रतिष्ठित पुरस्कार यो वर्ष सिक्किमका वरिष्ठ साहित्यकार थीरूप्रसाद नेपाललाई प्रदान गरिएको थियो । यस अवसरमा सिक्किममा दिनभरि झाँकी र सभा आयोजना भए । गान्तोकमा मात्र नभएर भानुजयन्ती सिक्किमका बस्ती-बस्तीमा विभिन्न कार्यक्रम गरेर मनाइएको पाइयो । यहाँका विद्यालय, सङ्घसंस्था र साहित्यिक प्रतिष्ठानहरूले उहाँको सम्झनामा बहस चलाए, रामायण र उहाँका अन्य कृतिका श्लोकहरू वाचन गरे ।

यहाँ भानुजयन्तीलाई पर्वका रूपमा मनाइएको पाइयोे । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीदेखि वडा तहका नेताले समेत भानुको जन्मजयन्तीमा कुनै न कुनै रूपमा सहभागिता जनाएर भानुको सम्मान गरेको देखियो । मुख्यमन्त्री बेनर्जीले नेपाली भाषामा निस्कने दैनिक पत्रिकामा शुभकामना प्रकाशन गरेर भानुजयन्तीको शुभकामना दिनुभयो भने अन्य नेताले विभिन्न समारोहमा पुगेर भानुभक्तप्रति सम्मान व्यक्त गरेको देखियो ।

सिक्किममा भानुजयन्तीलाई पर्वका रूपमा मनाइएको पाइयोे । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीदेखि वडा तहका नेताले समेत भानुको जन्मजयन्तीमा कुनै न कुनै रूपमा सहभागिता जनाएर भानुको सम्मान गरेको देखियो । मुख्यमन्त्री बेनर्जीले नेपाली भाषामा निस्कने दैनिक पत्रिकामा शुभकामना प्रकाशन गरेर भानुजयन्तीको शुभकामना दिनुभयो ।

सिक्किममा यस दिन बिहानैदेखि झमझम पानी परिरहेको थियो । तर, पानीको प्रवाह नगरीकन नागरिकहरू आआफ्ना सांस्कृतिक पोशाकमा भानुजयन्ती मनाउन विभिन्न झाँकीसहित सडकमा थिए । एक बेग्लै उत्सव थियो । यहाँका मुख्यमन्त्री पिएस तामाङले आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गर्दै सम्मान व्यक्त गर्नुभयो । ‘भानुजयन्तीको पावन अवसरमा आदरणीय सिक्किमका जनतालगायत विश्वभरिका आदरणीय नेपाली भाषी अनि नेपाली भाषाप्रेमी जनसमुदायलाई हार्दिक बधाई तथा शुभकामनासँगै आरोग्य, सुख-शान्ति, समृद्धि अनि उत्तरोत्तर प्रगतिको मङ्गलमय कामना गर्न चाहन्छु’, उहाँले आफ्नो शुभकामनामा भन्नुभएको थियो ।

उहाँले भानुजयन्ती विश्वभरिका विभिन्न स्थानमा मनाइने एक वार्षिकोत्सव रहेकाले यसले गहिरो सांस्कृतिक, बौद्धिक अनि पारम्पारिक महत्व राख्ने उल्लेख गर्नुभयो । मुख्यमन्त्री तामाङले भानुभक्तलाई सम्झँदै भन्नुभयो, ‘आदिकवि भानुभक्त आचार्य साहित्यकारहरूका लागि मात्र नभई स्थानीय भाषाको शक्ति र महत्वको वकालत गर्ने सबैका लागि प्रेरणाका स्रोत हुनुहुन्छ ।’ नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यको अमूल्य योगदान र नेपाली साहित्यलाई अग्रस्थानमा पुर्‍याउन उहाँले निर्वाह गरेको महत्वपूर्ण भूमिकालाई कसैले बिर्सन नहुने पनि मुख्यमन्त्री तामाङले बताउनुभयो ।

‘भानुजयन्तीले गहिरो सांस्कृतिक महत्व बोकेको छ । यो दिन ठूला साहित्यिक कार्यक्रम हुन्छन् । सांस्कृतिक कार्यक्रम हुन्छन् । लेखक, उपन्यासकार र नेपाली साहित्यका प्रशंसकहरूले उत्साहका साथ भाग लिन्छन् । उहाँले भन्नुभयो, ‘रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गरेर भानुभक्तले महान् काम गर्नुभएको छ । भानुभक्त साहित्यकारका लागि मात्र प्रेरणाका स्रोत हुनुहुन्न । हामी आफ्नो मातृभाषाको शक्ति एवम् महत्व जगाउन र आदिकविको विरासतलाई संरक्षण गर्न तथा अगाडि बढाउन दत्तचित्त रहौं ।’

यस अवसरमा सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)का अध्यक्ष एवम् पूर्वमुख्यमन्त्री पवन चाम्लिङले पनि आदिकवि भानुभक्त आचार्यले रामायणलाई सरल नेपाली भाषामा लेखी नेपाली समाजलाई नयाँ दिशा दिएको बताउँदै आफ्नो सन्देश सम्प्र्रेष्ण गर्नुभएको थियो । उहाँले भन्नुभएको छ, ‘भानुभक्तले सबैले बुझ्ने नेपाली भाषामा रामायण लेखेर एउटा नयाँ दिशा दिनुभएको थियो । ‘लोकको गरूँ हित’ भन्ने उहाँको कविता सामाजिक कल्याणका लागि समर्पित थियो । भानुजयन्ती मनाउनु भनेको हाम्रा सबै लेखकको सम्मान गर्ने अवसर पनि हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?