‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स’ हुँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । बृहत् राष्ट्रिय बिमा संवाद कार्यक्रम ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स’ को ‘डुओलग’ सत्रमा अर्थमन्त्री प्रकाशशरण महत सहभागी हुनुहुने भएको छ । सोमबार काठमाडौंस्थित सोल्टी होटलमा हुने उक्त कार्यक्रममा बिमा क्षेत्रको वर्तमान अवस्था, बिमा व्यवसायप्रति अर्थ मन्त्रालयको उत्सुकता, जनमानसमा बिमाप्रतिको बुझाइ, अर्थतन्त्रमा बिमा क्षेत्रको महत्वपूर्ण पाटो र चुनौतीलगायतका विषयमा बृहत् परिसंवाद हुने भएको हो । कार्यक्रममा अर्थमन्त्रीसँग आजको बिमा क्षेत्रका यथार्थ र मिथकहरू, बिमा शिक्षा, विदेशी बिमा कम्पनीमा निर्भरता कहालिलाग्दो अवस्था जस्ता विषयमा गहन विमर्श हुने आयोजकले जनाएको छ ।

विशेषगरी ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स’मा मुख्य चार सत्रमा छलफल हुने बताइएको छ । जसमा अर्थमन्त्रीसँग डुओलग विशेष सत्र पनि हुनेछ । उक्त सत्रमा बिमा समावेशितामा संघीय सरकार र स्थानीय निकायबीचको सहकार्य, निर्जीवन बिमा क्षेत्रका चुनौती र नेपाली सन्दर्भमा यसका आयाम, नेपालमा जीवन बिमा कम्पनीको प्रभाव र नेपालमा बिमा कम्पनीको सचेतना र डिजिटलाइजेशन विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

बिमा व्यवसाय सुरुवात भएको पाँच दशकभन्दा लामो समय भइसकेको अवस्थामा पनि बिमा फाइदा नभई सुरक्षा हो भन्ने मूल शिक्षा जनमानसले बुझिरहेका छैनन् । कोरोना महामारी, विनाशकारी भूकम्पले बिमा नहुँदा सरकारकै ठूलो धनको क्षति हुन पुग्यो । जसका कारण आर्थिक मन्दीले अर्थतन्त्रमा पनि प्रभावित भएको छ । सोही परिप्रेक्ष्यलाई ध्यान केन्द्रित गर्दै ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्र्स’ आयोजना हुन लागेको हो । कार्यक्रममा बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललगायतको सहभागिता रहने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?