काठमाडौं । गोल्डस्टार शुज कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको छ । किरण शुज म्यानुफ्याक्चर कम्पनीअन्तर्गतको गोल्डस्टार शुज कम्पनीले पीडितका लागि ३५ लाख ६८ हजार एक सय ५० रुपैयाँ बराबरका १० हजार २२ थान जुत्ता तथा चप्पल सहयोग प्रदान गरेको हो ।
गोल्डस्टार शुजकी कार्यकारी निर्देशक विदुषी राणाले भन्नुभयो, ‘जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोगको हात बढाउँदै छौँ । हामी प्रभावित समुदायको कल्याणका लागि प्रतिबद्ध छौँ र उहाँहरूको हितमा आफ्नोतर्फबाट थप सहयोग गर्न पनि तयार छौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच