सिमकोट गाउँपालिकाले सुरु गर्यो ‘कुपोषण पहिचान घर कार्यक्रम’

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले कुपोषण मुक्त बनाउन पालिका बनाउनका लागि कुपोषण पहिचान घर कार्यक्रम सुरु गरेको छ ।

कुपोषित सहजै पत्ता लगाउनका लागि १ देखि ८ नम्बर वडासम्म दुई किसिमका झण्डा राख्ने अभियान सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले सुरु गरेको छ । ६ महिना देखि २३ महिनासम्मका बालबालिकामा कुपोषण पहिचान गरी मध्येम शिघ्र कुपोषणको घरमा पहेलो र कडा शिघ्र कुपोषण भएका बालबालिकाको घरमा दुई किसिमका झण्डा राख्ने कार्य सुरु भएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका सह–संयोजक बसन्ती रावतले बताउनुभयो । बालबालिकाहरुमा ‘स्क्रिनिङ्ग’ गर्न सुरु गरेको सह–संयोजक रावतले बताउनुभयो । सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले कुपोषित १ देखि ८ नम्बर वडाका बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा १८ जना कुपोषण भएका बालबालिका भेटिएको उहाँले बताउनुभयो ।

सिमकोट गाउँपालिका मातहतमा रहेको प्रत्येक स्वास्थ्य चौकी अन्तर्गतका सबै वडा भरिमा १८ जना बालवालिका कुपोषित रहेका छन् । त्यसको बारेमा सबैलाई जानकारी गराउन लागि झण्डा गाड्ने कार्य गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखा सह– संयोजक रावतले बताबताउनुभयो । कुपोषित पहिचानका लागि स्वास्थ्य शाखाले गाउँपालिका भरिका १४ जना मध्य शिघ्र कुपोषण भएका बालबालिकाको घरमा पंहेलो झण्डा र कडा शिघ्र कुपोषण भएका ५ जना बालबालिकाको घरमा रातो झण्डा राखिएको उहाँले बताउनुभयो । यस्तै सिमकोट गाउँपालिका वडा ३ मा ३, वडा ६ मा ४, वडा ७ मा ४ र वडा ८ मा ३ गरी १४ जना मध्येम शिघ्र कुपोषण भएका बालबालिका भेटिएका छन् । भने कडा शिघ्र कुपोषण भएका वडा ५ मा १, वडा ६ मा २ र वडा ७ मा २ गरी पाँच जनाको घरमा रातो झण्डा राखिएको सह–संयोजक रावतले बताउनुभयो ।

स्वास्थ्य चौकीले बालबालिकाको पोषणमा सुधार ल्याउनको लागि अभियान सञ्चालन गरेको छ । बालबालिकाको तौल वृद्धि अनुगमन गरी पोषाकतत्व सर्वोत्तम पिठो वितरण गर्ने तथा कुपोषित बालबालिकाहरुको पहिचानका लागि दशँै तिहारको विचमा अभियान शुरु गरेको थियो । कुपोषित बालबालिकाको लागि पोषण प्याकेज कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?