दशैँ, तिहार ठूला पर्व सकिन नपाउँदै घरआँगनमा विशेष पर्व छठ आइसकेको छ । हामी पश्चिमतिर भौँतारिन्छौं, पूर्वतिर वा आपैंmतिर के छ खोज्न भ्याउँदैनौं । हाम्रो देशको नाम फरक ढंगले भए पनि १७ करोड वर्ष पुरानो छ । आधुनिक नेपालको एकीकरण हुँदा पश्चिमी युरोप, अमेरिकी कैयौं शक्ति उदाएकै थिएनन् । जर्मनी एकीकृत भएको थिएन, माक्र्स, लेनिनको नाम सुनिएको थिएन, भारत, पाकिस्तान, बंगलादेश त उत्पत्ति नै भएका थिएनन् । सत्ययुगमा हाम्रो देशको नाम सत्यपुर, त्रेतामा तपोवन, द्वापरमा मुक्तिपुर र अहिलेको नाम नेपाल छ ।
अहिले हामी नवोदित देशहरूसँग भिक्षा माग्दैछौं । पूर्वीय दर्शन धेरै उदार छ, हामी सूर्यपूजा गछौं, चन्द्रमाको पनि । हाम्रो परम्परा कसैको लहडमा सुरु भएको होइन, कुनै व्यक्ति विशेषले तयार पारेको होइन, सम्पूर्ण संसारको विधि, व्याख्या र विश्लेषण गरिएका आत्मचिन्तनका विषय वस्तुमध्ये जीव, जगत्को सञ्चालक, मनको व्याख्या, मनका अनुभूतिनुरूप बिम्ब बन्ने, बिम्बानुरूप जगत् प्रतीत हुने र बिम्बानुरूप नै कार्य हुने भएकाले हरेक कार्यहरूको उद्गम ईश्वरीय सत्ता हो, स्रोत हाम्रा आदिम ऋषिहरू हुन् । जीव उत्पतिको कारण, कर्म-संस्कार, बन्धन मोक्ष, पुनर्जन्म-सिद्धि, स्वप्न, निद्रा, रोग, तनाव, शान्ति, अशान्ति, स्मरण, विस्मृति, विकास, विनाश आदिका मूल कारक तत्व मानव मन र यसको मालिक ईश्वर हुन् । परमार्थ चिन्तन, तप, ध्यान र साधनाबाट गौतम बुद्धलाई सिद्धि मिलेको हो । नैयायिकहरूले पनि भनेका छन्-मन नै सुख दुःख हो । यो कुरा गीतामा भनिएको छ । पूर्व मिमांसा सांख्य दर्शनमा मन र आत्मालाई विभू भनिएको छ । विभू वा प्रज्ञा भन्नु जीवनको यथार्थ ज्ञान हो । हाम्रो मूलुक देवभूमि हो । सत्य, त्रेता, द्वापरदेखि करिब ५ हजार १२४ वर्ष पुरानो कलियुग आरम्भदेखि यो तपोभूमिकै रूपमा छ । सत्ययुगमा यस क्षेत्रको नाम ‘सत्यपुरी’, त्रेतामा ‘तपोवन’, द्वापरमा ‘मुक्तिपुर’ र कलिमा यसलाई ‘नेपाल’ नामकरण भयो ।
पूर्व दिशाबाट झुल्कने सूर्यका अल्ट्राभाइलेट किरणमा जीवात्माका लागि अत्यावश्यक भिटामिन ए र डि पाइन्छ । सौर्य किरणमा अनन्त ब्रहृमाण्डीय ऊर्जाशक्ति हुन्छ । सप्तरंगी इन्द्रेणीसमेत मिश्रण सौर्य किरणबाट आज विज्ञानले अनेकौं सुविधायुक्त चमत्कार देखाउँदैछ ।
ने मुनिले धर्मद्वारा बसालेको नेपाल नगरी आफैंघमा देवभूमि हो । यस्तो पुण्यभूमिमा गरिएका हरेक कार्य पुण्यदायी र प्रेरणादायी हुनेभएकाले विश्वका धेरै मुलुकबाट नेपाल भ्रमणका लागि मानिसहरू आउने गर्दछन् । विश्वकै शिरभाग सगरमाथा र शिवपुरी, शिवक्षेत्र, पशुपतिनाथ प्राप्ति हाम्रो ठूलो पुण्यको फल हो । तमाम देवताहरूको निवास क्षेत्र नेपालमा हिजोआज अशान्तिका काला बादलहरू मडारिइरहँदा भने हर नेपालीका हृदयमा गम्भीर प्रश्न खडा भएको छ ।
शुभकामना दिँदा दशैँदेखि छठसम्मको एकैपटक दिइने हाम्रो बानी बसिसकेको छ । तिहारपछि लगत्तै छठ भएको र यो पर्वको उत्कर्ष यसै मंसिर ३ गते परेको छ । झण्डै एक हप्तासम्म धुमधामसँग मनाइने गरिन्छ । कार्तिकशुक्ल चौथीमा स्नान, दान, धर्मका साथ सुरु हुने छठ पर्वको विशेष रौनक षष्ठी तिथि हो । मिथिला संस्कृतिको अभिन्न अंग बनेको छठ पर्व भन्नु ऊर्जाको केन्द्र सूर्यको उपासना हो । यो संस्कृतिको प्रमुख धरोहर छठको परम्पराले मैथिल-थारूलगायत भोजपुरी, अवधिदेखि पूरै हाम्रो तराई क्षेत्र ओगटेको छ । पर्व सञ्चालनको क्रममा केही वर्षयतादेखि त काठमाडौंको गौरीघाट, नागपोखरी, रानी पोखरी, सबैजसो नदी किनारा ढाकेको देखिन्छ । विसं २०४६ देखि राष्ट्रव्यापी चाडको रूप लिएको छठ पर्वमा छठी माताको पूजा गरिन्छ । शुक्ल षष्ठीमा विशेष धुमधामका साथ मनाइने भएकाले यस पर्वको नाम छठ रहेको हो । हरेक जन्मदिनमा दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै गरिने अष्टचिरञ्जीवी भनौं व्यास, बलि, हनुमान, विभिषण, प्रहृलाद, मार्कण्डेय, अश्वत्थामा, पर्शुरामको पूजा उपासना गर्दा षष्ठिका देवीको पूजा उपासना गर्नैपर्ने हुन्छ । सत्ययुगमा अत्रि ऋषिकी पत्नी अनुसूयाबाट पनि षष्ठिका माताको पूजा उपासना भएको पौराणिक मान्यता छ भने चन्द्रमाको जन्म उनै अत्रि अनुसूयाको गर्भबाट भएको हो ।
कोभिड, डेंगो हुँदै यस वर्ष भूकम्पले क्षतविक्षत पारेको छ । धेरैलाई विगतझैँ यसपालि दशैँतिहार खल्लो भयो । पूर्व दिशाबाट झुल्कने सूर्यका अल्ट्राभाइलेट किरणमा जीवात्माका लागि अत्यावश्यक भिटामिन ए र डी पाइन्छ । सौर्य किरणमा अनन्त ब्रहृमाण्डीय ऊर्जाशक्ति हुन्छ । सप्तरंगी इन्द्रेणीसमेत मिश्रण सौर्य किरणबाट आज विज्ञानले अनेकौं सुविधायुक्त चमत्कार देखाउँदैछ । संसारकै लागि वैज्ञानिक बनेको वैदिक शास्त्रानुसार मानिसको आत्मकारक ग्रह सूर्य हो । अथर्व वेदले सूर्य किरणमा मानवरोग निवारणको प्रचुर शक्ति हुन्छ भनेको छ ।
सृष्टिकर्ता ब्रहृमा, पालनकर्ता विष्णु र संहारकर्ता शिवको संयुक्त रूप भनेको सूर्य हो । सम्पूर्ण प्राणीमात्रको आत्माको रूपमा रहेको सूर्यले प्राणीहरूलाई ताप शक्ति दिन्छ । न्यानोपना नभए प्राणीको जीवन जीवन्त हुन सक्तैन ।
निरोगिता, आयु, बल बद्र्धनका लागि छठको पर्वको रूपमा पूजा छ । अविवाहितले विवाहपछिको दाम्पत्य सुख र विवाहितले असल पारिवारिक जीवनीको चाहना राखी उदाउँदो सूर्यलाई अध्र्य दिई एकाबिहानै घाट वा नदी तलाउ किनारमा बसी उपासना गर्ने परम्पराको थालनी अत्रि पत्नी अनुसूयाबाटै भएको र पतिव्रता अनुसूयाले पतिको दीर्घायुको कामना गर्दै छठी माताको पूजा गरी आरम्भ गरेको छठ पर्वले द्वापर युगसम्म निरन्तरता पाई श्रीकृष्णपुत्र शाम्बले कुष्ठरोग निवारण हेतु यो व्रत गरेको कुरा भविष्यपुराणमा वर्णित छ । वेदले बताएको सम्पूर्ण जीव र जगत्को आँखारूपी सूर्यपूजाबाट अन्य मनोकामना पनि पूरा हुने विश्वास गरिन्छ । पुसमा हिन्दु नारीहरू हरेक आइतबार सूर्य उपासना गर्ने गर्छन् भने तागाधारी (जनै लगाउने) हरूले जप्ने सूर्य गायत्रीमन्त्रले आत्मिक चुरो, भित्रीबल, दृढ इच्छाशक्ति, मनोबल वृद्धि हुने कुरा वैज्ञानिकहरूले पुष्टि गरेका छन् ।
मानवको उषाकालदेखि जीवन्त सौर्य ऊर्जाले संसारकै प्राणीलाई हित गर्छ भने अघि च्यवन ऋषिकी पत्नी सुकन्याले षष्ठिकाको व्रत गरेर छठ् पूजा गरी अश्विनीकुमारमार्फत् आफ्ना अन्धा पति च्यवनलाई उपचार गरी पुनर्दृष्टि प्रदान गरेकी थिइन् । अघि महाभारत कालमा पाँच पाण्डवहरूले आफ्नो गुप्तवास र वनवासको समयमा समूहबद्ध भई सूर्योपासना गरेका थिए जसबाट सूर्यदेव खुशी भई पाण्डवहरूलाई शक्ति सञ्चयको आशीर्वाद प्राप्त भएको थियो । सृष्टिकर्ता ब्रहृमा, पालनकर्ता विष्णु र संहारकर्ता शिवको संयुक्त रूप भनेको सूर्य हो । सम्पूर्ण प्राणीमात्रको आत्माको रूपमा रहेको सूर्यले प्राणीहरूलाई ताप शक्ति दिन्छ । न्यानोपना नभए प्राणीको जीवन जीवन्त हुन सक्तैन । कात्तिकदेखि बिस्तारै बढी जाडो हुने गर्छ, यसैले पनि मानिसहरू ताप शक्तितिर लाग्नु स्वभाविक हो । शीतलताको कारक, मानिसको मनको ऊर्जास्रोत भनेको चन्द्रमा हो । सूर्यले दिनमा महत्व दर्शाएझैँ चन्द्रमाले रातमा आफ्नो मनमोहक उपस्थिति दर्शाएको हुन्छ । शारदीय रात्रिमै भगवान श्रीकृष्णले संसार चकित पार्ने रासलिला रचाउनु भएको थियो, यसै कार्तिक शुक्ल रात्रि हो ।
जीवनको आरम्भ जलमा हुन्छ । जलतत्व, ज्वारभाटा, समुद्र चन्द्रमाबाट प्रभावित हुन्छ भने जीवनको सञ्चालन र पालना माटोमा हुन्छ । जल र माटो (पृथ्वी) दुवैको सञ्चालन भने आकाश (सूर्य) नै हो । हाम्रो एक शरीरमा तीन शरीर सञ्चालन भइराखेको हुन्छ । पहिलो हो-माटो अर्थात् स्थूल शरीर (देखिने), दोस्रो हो मन (सूक्ष्म शरीर, नदेखिने) तेस्रो हो कारण शरीर आत्मा (झन् नदेखिने) । यसरी स्थूल, सूक्ष्म र कारण शरीर तीनवटैबाट मात्र हाम्रो जीवन जीविकोपार्जन भइराखेको हुन्छ । छठको दिन बेलुका चन्द्रमालाई खाना, खीर अर्पण गर्ने चलन पनि छ । यसको समष्टि भन्नु जल, माटो र अग्नि (ताप) हो ।
यी सवैको सामूहिक समर्पणभाव प्रकट गर्दै छठ्पर्वमा माटोको घडासहित जलाशयमा उपस्थित भई फलपूmल, मिठाइ, पक्वान्नहरू, नरिवल आदि लिई सूर्यदेवलाई खुशी पारिन्छ । बेलुकीपख डुब्न लागेको सूर्यलाई अध्र्य दिई पानीमा डुबुल्की मार्दै, मनोरञ्जन गर्दै गीत, नृत्य, भजनसहित रातभर जाग्राम बसेर छठ्पर्व मनाउने धार्मिक, सांस्कृतिक पर्व विश्वकै लागि एकअनुपम छ । भोलिपल्ट सप्तमीको सूर्योदय नहुँदै आफ्नो इच्छा सिद्धि होस् भनी वरदान माग्ने पनि चलन छ । जीवनको नयाँ उत्साह र ऊर्जा प्राप्ति हेतु नवीनतम् रस लिएर हरेक दिन उदाउँदो सूर्यको दृश्य अन्य दिनहरूमा पनि हेर्न लायक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच