आज लुम्बिनीको स्थायी राजधानीको औपचारिक उद्घाटन

विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीबाट आजदेखि औपचारिक रुपमा सुरु हुने भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय उद्घाटन एवम् झण्डत्तोलन गरी प्रदेश राजधानी कार्यान्वयन भएको घोषणा गर्न लाग्नुभएको हो । कार्यक्रम दिउँसो १२ बजे तय भएको छ ।

औपचारिक समारोहलाई प्रदेश प्रमुख शेरचन, हालका मुख्यमन्त्री कुलप्रसाद केसी, निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश सभाका निवर्तमान सभामुख पूर्ण घर्तीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

राप्ती उपत्यकाभित्रका राजपुर, गढवा, लमही नगरपालिका र राप्ती गाउँपालिकाबाट विभिन्न जाति, भाषा, समुदायका मौलिकता झल्काउने झाँकी तथा नृत्य प्रदर्शन पनि गरिनेछ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, भर्खरै सम्पन्न संघ र प्रदेशसभा निर्वाचनका विजयी सांसद, स्थानीयबासीसहित दुई हजारभन्दा बढीको सहभागिता हुने अपेक्षा रहेको सरकारका प्रवक्ता तिलकराम शर्माले बताउनुभयो ।

स्थानीयको सहभागिता जुटाउन देउखुरीबासीलाई आव्हान गर्दै राप्ती गाउँपालिकामा सार्वजनिक बिदा पनि दिइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?