काठमाडौं । त्रिमूर्ति निकेतनले तीन सर्जकलाई विभिन्न पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो ।
निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंका अनुसार ६ दशकदेखि नेपाली भाषासाहित्यको सेवामा समर्पित स्रष्टा प्रा.मुकुन्दशरण उपाध्यायलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ । यस्तै, चर्चित गीतिनाटक ‘मालती मंगले’का अभिनेता नाट्यकर्मी हरिबहादुर थापालाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ ।
काव्यसाधनामा समर्पित एवं महाकवि लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिको सम्पादनसमेत गरी प्रकाशनमा ल्याउनुभएका जय पाण्डेलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ । उक्त तीनै पुरस्कारका साथ ताम्रपत्र र नगद जनही एक लाख रुपैयाँ प्रदान गरिने प्रसाईंले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच