शास्त्र अनुसार रातको समयमा हामीले भूलेर पनि गर्न नहुने काम

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । ससाना कामहरु जुन हामी भूलबश गरिरहेका हुन्छौँ तिनका कारणले पनि हाम्रो जीवनमा वहार नआएको हुनसक्छ । शास्त्रअनुसार हामीले भूलेर पनि रात तथा साँझको समयमा यी काम गर्नु गर्न नहुने बताइएको छ ।

कुनै परिक्षणले सिद्ध नगरेको भएपनि हामी हाम्रो संस्कार अनुसार परापूर्वककाल देखि गर्न नहुने र गर्दा हुने काम भनि वारनतारन गर्दै आएका पनि छौं ।

नेपाली समाजमा महिलालाई घरको लक्ष्मी मानेर विभिन्न स्वरुपमा पुजा गरिन्छ । त्यसैले विवाहपछि महिला जसको घर जान्छिन् त्यस घरको भाग्य र सफलता उनीसँग जोडेर हेरिन्छ । त्यसैले धर्मशास्त्रमा हामीहरुले केहि काम गर्नु हुँदैन भनेर समेत उल्लेख गरिएको छ ।

१. महिलाहरुले सुत्नु अघि कपाल नुहाउनु हुँदैन । कतिपय महिलाहरुको बानी हुन्छ कि रातको समयमा कपाल खोलेर सुत्ने तर यस्तो गर्नुलाई शास्त्र अनुसार गलत मान्ने गरिन्छ । तर कसीलो गरेर बाँध्नुपर्छ भन्ने होईन । केहि हलुका खुकुलो गरी अल्झाउनुहोस् तर असरल्ल झाँक्रो फिँजाएर सुत्दा तपाईमा नकारात्मक उर्जा उत्पन्न हुन्छ ।

२. सुर्यास्त पछि कसैको घरमा पनि दुध, दही, नुन, तेल र प्याज लिन जानु हुँदैन ।

३.  राती सुत्नुअघि भान्छामा अंखरा रकरुवामा पानी भरेर राख्नुपर्छ । यसले घरमा सुख–समृद्धिको बास गराउँछ । खाली बाल्टी राख्नुले घरमा चिन्ता भर्ने काम गर्छ ।

४.राती घरको दक्षिण र पश्चिम कुनामा बत्ती वा बल्ब बाल्नाले पितृको आत्माले शान्ति पाउँछ र घरमा सम्पन्नता छाउँछ । रेक साँझ पूजा घर वा देव स्थानमा दियो बालेर प्रसन्न मुद्रामा बत्ति बाल्नाले घरमा लक्ष्मीको वास रहन्छ ।

५. साँझमा कुचो लगाउनु हुँदैन । रातमा सुत्नुअघि घरभित्र रहेको कुचो दक्षिण पश्चिम दिशामा लुकाएर राख्नुपर्छ । यसले धन लाभ हुन्छ भन्ने विश्वास छ । हिन्दु धर्मका अनुसार घरमा राखिएको कुचोमा पनि लक्ष्मीको वास रहेको हुन्छ।

६. पानीको गिलास या बोतल आफ्नो शिरमाथि राखेर सुत्नु हुँदैन । दायाँ बाया राख्नु ठिक हुन्छ ।

पतिपत्नीको सम्बन्ध राम्रो बनाउन सयन कोठामा कपूर बाल्नुपर्छ ।

७. घरमा रहेका सबै कोठामा कालो नुन पेपरमा बेरेर राखि बिहान उठेपछि कसैसँग नबोली कागजमा राखिएको नुनलाई बाहिर फाल्नुपर्छ । यसले घरमा उत्पनन भएका नकारात्मक उर्जा बाहिर निकाल्न मदत गर्छ ।

८. रातिको समयमा सडक चौबाटोमा हिँड्नुहुँदैन । यस्तै रातिको समयमा मशान घाटमा नकारात्मक उर्जा सक्रिय हुने हुँदा तपाईको मानसिक स्थितिमा नकारात्मक प्रभाव पर्न सक्छ । त्यो काम नगर्नु राम्रो हुन्छ ।

९. घरमा भएका आमा बुबाको उच्च सम्मान गर्नुपर्छ । घरमा रहेका बालबालिका बृद्धा र अशक्तता सुतिसकेपछि मात्र सुत्नु राम्रो मानिन्छ ।

-पत्रपत्रिकाको सहयोगमा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?