गोदावरीमा भएको मिनी ट्रक दुर्घटनामा एक महिलाको मृत्यु, १३ जना घाइते

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

कैलाली । कैलालीको गोदावरीमा भएको मिनी ट्रक दुर्घटनामा एक महिलाको मृत्यु भएको खुलेको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ भएको दुर्घटनामा महिलाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दका अनुसार उनको परिचय खुलेको छैन । पहाडबाट धनगढी आउदै गरेको से १ ख १४३८ नम्बरको ट्रक दुर्घटनामा अन्य १३ जना घाइते भएका छन्  ।

दुर्घटनामा परि डोटी जोरायल गाउँपालिका वडा नम्बर २ का ३४ वर्षीय ललिता सारू, पाँच वर्षीय आर्यान सारू, दुई वर्षीय आरसी सारू, ४० वर्षीय हुकुम विक, १४ वर्षीय जिवन विक, ६० वर्षीय रँग कामी, २५ वर्षीय भरत मल्ल, १८ वर्षीय भुवन मडै, २८ वर्षीय यादव रावल, ४० वर्षीय राम बहादुर रावत घाइते भएका छन् ।

उनीहरूको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भइरहेको जनाइएको छ । यस्तै १२ वर्षीय विपिन विक, ३६ वर्षीय टेक बहादुर सारू, ३४ वर्षीय कल्पना विकको धनगढीस्थित माया मेट्रोमा उपचार भइरहेको छ । मिनी ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?