जुवातास खेलिरहेको अवस्थामा भक्तपुरबाट ६ जना पक्राउ

Read Time = 1 min

भक्तपुर । सूर्यविनायक नगरपालिका-६ पाण्डुबजारस्थित काभ्रे चौरीदेउराली गाउँपालिका-२ घर भएकी ५२ वर्षीया माया लामाको होटलमा तास खेलिरहेको अवस्थामा माया लामासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?