नवीन ज्योतिद्वारा अभिभावक, विद्यार्थी र शिक्षक उत्प्रेरणा कार्यक्रम

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका-८ स्थित नवीन ज्योति इङ्लिस बोडिङ स्कुलले ‘अभिभावक, विद्यार्थी र शिक्षक उत्प्रेरणा कार्यक्रम’ सञ्चालन गरेको छ । शनिबार रामकोटमा आयोजित कार्यक्रममा स्कुलमा अध्ययनरत कक्षा ६ देखि माथिका विद्यार्थी, अभिभावक र शिक्षक शिक्षिकाले उत्साहका साथ सहभागिता जनाएका थिए ।

अभिभावक, विद्यार्थी र शिक्षक शिक्षिका गरेर बेग्लाबेग्लै तीन सेसन चलेको कार्यक्रमको प्रशिक्षक डा. ताराप्रसाद गिरी रहनुभएको थियो । कार्यक्रममा गिरीले अभिभावक, विद्यार्थी र शिक्षक शिक्षिकालाई बेग्लाबेग्लै अडियो तथा भिडियो माध्यमबाट प्रशिक्षित गर्नुभएको थियो
अभिभावक प्रशिक्षण कार्यक्रममा अभिभावको छोराछोरीप्रतिको दायित्व के ? मनोभावना कसरी बुझ्ने, शिक्षा शिक्षिकालाई हौसला कसरी बढाउने, विद्यालय प्रतिको दायित्व के लगायतको विषयमा प्रशिक्षण दिइएको थियो ।

विद्यार्थी प्रशिक्षणको क्रममा विद्यार्थीलाई अभिभावक र शिक्षाप्रतिको कर्तव्य, विद्यालयमा गर्ने व्यवहार र अध्यायन बिषयमा प्रशिक्षण दिइएको थियो ।

त्यस्तै शिक्षक शिक्षिका प्रशिक्षणको क्रममा शिक्षक, शिक्षिकाको भूमिका, कतब्र्य र दायित्व, शिक्षण वातावरणलगायत बिषयमा प्रशिक्षण ज्ञान दिइएको थियो । प्रशिक्षणमा सहभागी सबैले प्रशिक्षण फलदायी रहेको र यस्ता प्रशिक्षण बेलाबेलामा हुनुपर्ने धारणा रखेका थिए ।

प्रशिक्षक डा. गिरीले नवीन ज्योति इङ्लिस बोर्डिङ स्कुलका प्राध्यापक सुरेश महतोको शैक्षिक चेत र आग्रहको कारण आफू प्रशिक्षणका लागि तयार भएको बताउनुभयो । उहाँले आफ्नो उत्प्रेरणा कार्यक्रमपछि धेरै विद्यालयको शिक्षक, विद्यार्थी र अभिभावको सम्बन्धमा सुधार आएको र त्यहाँको शैक्षिक गुणस्तरमा सहयोग पुगेको बताउदै नवीन ज्योती इङ्लिस बोडिङमा पनि यसले चमत्कार गर्ने विश्वास लिएको धारणा राख्नुभयो ।

कार्यक्रममा नवीन ज्योती इङ्लिस बोडिङ स्कुलका प्रिन्सिपल सुरेश महतोले ‘अभिभावक, विद्यार्थी र शिक्षक उत्प्रेरणा कार्यक्रम’ फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?