पाँचथरमा करेण्ट लागेर एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

-जितेन्द्र भण्डारी

पाँचथर । पाँचथरमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

अन्न पिस्ने मिलमा विद्युत सर्ट भई करेण्ट लाग्दा घाइते भएका जिल्लाको तुम्बेवा गाउँपालिका वडा नं. २ का ३८ वर्षीय जीवन मगरको उपचारका क्रममा सोमवार राती मृत्यु भएको हो । घटनामा करेण्ट लागेर सोही स्थानका ३५ वर्षीय पूर्णकुमार मगर घाइते भएका छन् ।

सोमवार दिउँसो २ बजे मृतक जीवनको घरमा जडान गरिएको मिलमा अन्न पिस्ने क्रममा उनीहरुलाई करेण्ट लागेको थियो । करेण्ट लागेर घाइते भएका उनीहरुलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकामा अस्पताल पुर्‍याउनासाथ बेलुकी ९ बजे जीवनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

करेण्ट लागेर घाइते भएका पूर्णकुमारको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतक जीवनले हालैमात्र घरमा उक्त मिल जडान गरेको स्थानीयवासीले वताएका छन् । उनी गत स्थानीय तहको निर्वाचनमा वडा सदस्यको उम्मेदवार भई झिनो मतान्तरले पराजित भएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?