
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको सफल टोलीमध्येको एक थ्रीस्टार क्लबको अध्यक्षमा ज्ञानबहादुर शाक्य निर्विरोध निर्वाचित हुनुभएको छ । क्लबको वार्षिक साधारणसभा र अधिवेशनबाट शाक्यसहित कार्यसमितिका १६ जना निर्विरोध निर्वाचित हुनुभएको हो । १७ सदस्यीय कार्यसमितिमा अरुणमान जोशी क्लबको निवर्तमान अध्यक्ष रहनुभएको छ । शाक्यले यसअघि पनि क्लबको नेतृत्व गरिसक्नुभएको छ ।
क्लबका ६ उपाध्यक्षमा निर्मलरत्न शाक्य, वीरेन्द्रलाल श्रेष्ठ, कृष्ण अवाले, जयकृष्ण श्रेष्ठ, रमेश अवाले र रामकृष्ण श्रेष्ठ हुनुहुन्छ । महासचिवमा धर्मेन्द्रराज शाक्य र कोषाध्यक्षमा रामकृष्ण चित्रकार चुनिनुभयो ।
सचिवमा कुलबहादुर महर्जन र निवासगोपाल वैद्य, सहकोषाध्यक्षमा देवेन्द्रलाल श्रेष्ठ निर्वाचित हुनुभयो । यस्तै, सदस्यहरूमा प्रेमबहादुर चित्रकार, रामेश्वर अवाले, हरि महर्जन र मुकेश नकर्मी हुनुहुन्छ ।
आइतबार नै बसेको कार्यसमितिको प्रथम बैठकले विधानअनुसार क्लबका निवर्तमान उपाध्यक्ष अतिशकृष्ण श्रेष्ठ र निवर्तमान महासचिव सञ्जीव शिल्पकारलाई सल्लाहकार समितिको सदस्य चयन गरेको क्लबले जनाएको छ ।
क्लबका अध्यक्ष अरुणमान जोशीले आफ्नो कार्यकालमा राष्ट्रिय लिगको उपाधि र एएफसी कपको दोस्रो चरणको यात्रा तय गर्दा र आफ्नो कार्यकालमा सहयोग पुर्याउनुभएका क्लबका कार्यसमिति, खेलाडी, पदाधिकारी, प्रायोजक, सहप्रायोजक, समर्थकलगायतलाई धन्यवाद दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच