
काठमाडौं । सिप्रदीले भूकम्प प्रभावित परिवारलाई आधारभूत आवश्यकताका सामग्री राहतस्वरूप उपलब्ध गराएको छ । सिप्रदीयन सहायता संस्था, टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङ प्रालिको संयुक्त प्रयासमा कात्तिक २६ गते जिल्ला प्रशासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट र जिल्ला प्रशासन कार्यालय पश्चिम रुकुमअन्तर्गत आठबिसकोट नगरपालिका १३ र १४ वडा कार्यालयलाई ५५ लाख बराबरको राहत सामग्री प्रदान गरिएको कम्पनीले जनाएको छ ।
तिहारमा लक्ष्मीपूजाका दिन संस्थाको प्रतिनिधित्व गर्दै सिप्रदीका सातजना कर्मचारीले जाजरकोट र पश्चिम रुकुममा राहत सामग्री त्रिपाल, म्याट्रेस, खाद्यान्न, साबुन र बढ्दै गरेको जाडोलाई मध्यनजर गर्दै न्यानो कपडा, सिरक, सिरानी र टोपीलगायतका सामग्री प्याकेज बनाएर सम्बन्धित कार्यालयलाई हस्तान्तरण गरेको हो । उक्त राहत सामग्रीबाट झण्डै १२ सय घरपरिवारका चार हजार आठ सयजना भूकम्पपीडित प्रत्यक्ष लाभान्वित भएको कम्पनीले जनाएको छ ।
सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालले भूकम्पका कारण आफ्नो घर गुमाएका र बासको वैकल्पिक व्यवस्था नभएका पीडितलाई सिप्रदीयन सहायता संस्था, टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङको संयुक्त प्रयासमा स्थानीय प्रशासनसँग समन्वय गर्दै राहत वितरण गरिएको बताउनुभयो । विगतमा पनि सिप्रदीयन सहायता संस्थाले टाटा ट्रष्टससँगको साझेदारीमा ‘नेपाल भूकम्प पुनस्र्थापना परियोजना’को सुरूवात गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच