
काठमाडाैं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन् ।
मोरङकाे विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ९० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-६ बस्ने २३ वर्षीय मन कुमार बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीकाे धनगढी उपमहानगरपालिका-२ बैयाबेहडी शिव मन्दिर नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय ९० मिलिग्रामसहित सोही उपमहानगरपालिका-२ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
पर्साकाे वीरगंज महानगरपालिका-८ घण्टाघरबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १० ग्राम, नगद ८ हजार रूपैयाँ, मोबाइल १ थानसहित भारत मोतिहारी थाना नकरदेई बिर्ता बस्ने २५ वर्षीय जादु लाल कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले साईकलयात्री यादबलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच