युनाइटेडको ९४ प्रतिशत मुनाफा

Read Time = 3 mins

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९४ प्रतिशतले मुनाफा बढाउँदै १० करोड २३ लाख ४० हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत आवको सोही अवधिमा पाँच करोड २७ लाख ५७ हजार रुपैयाँ मुनाफा कमाएको थियो । चुक्ता पुँजी एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १३.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५६.७८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४४.७६ गुणा रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ८.१४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२.७७ रुपैयाँले बढेको छ । चैतसम्ममा कम्पनीको जगेडा कोष ५८.२७ प्रतिशत बढेर १७ करोड ७० लाख ५७ हजार रुपैयाँ, बिमा कोष २०.३३ प्रतिशत बढेर ४० करोड १५ लाख रुपैयाँ पुगेको छ भने महाविपत्ति कोष २६ प्रतिशत घटेर पाँच करोड ११ लाख ७० हजार रुपैयाँ सञ्चित रहेको छ । सो अवधिमा कम्पनीले खुद बिमाशुल्क ५७.५६ प्रतिशतले वृद्धि गरेको छ । चैतसम्ममा ५९ करोड ६४ लाख आठ हजार रुपैयाँ खुद बिमाशुल्क संकलन गरेको हो । गत आवको सोही अवधिमा कम्पनीले ३७ करोड ८५ हजार १६ हजार रुपैयाँ खुद बिमाशुल्क संकलन गरेको थियो ।

चैतसम्ममा कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट चार करोड ७९ लाख, पुनर्बिमा कमिसनबापत १३ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिको तुलनामा लगानी कर्जा तथा अन्य आय आठ प्रतिशत र पुनर्बिमा कमिसन आय ४९ प्रतिशतले बढेको हो । चैतसम्ममा खुद दाबी भुक्तानी रकम ६२ प्रतिशतले बढेको छ । सो अवधिमा कम्पनीले २४ करोड सात लाख तीन हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा भने १४ करोड ८६ लाख ७३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो । कम्पनीले एक लाख २७ हजार एक सय ९६ वटा बिमालेख जारी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १९ हजार ८८ वटाले बढी हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?