संक्रमणकालीन न्यायसम्बन्धि विधेयक संसदमा हिउँदे अधिवेशनमा पारित गर्नैपर्छ : कानूनमन्त्री गुरुङ

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसम्बन्धि विधेयक संसदको हिउँदे अधिवेशनमा पारित गर्ने बताउनुभएको छ ।

संक्रमणकालीन न्यायसम्बन्धि विधेयक र सम्पती शुद्धिकरणसम्बन्धि विधेयक अति आवश्यक भएकाले अब शुरु हुने संसदको हिउँदे अधिवेशनमा त्यसलाई टुंगो लगाउनैपर्ने उहाँको भनाई थियो । मंगलबार काठमाडौंमा आयोजित ‘विस्तृत शान्ति सम्झौताको १८ वर्षः अधुरो संक्रमणकालीन न्याय प्रक्रियाको ठोस समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले १७÷१८ वर्षदेखि थाँति रहेको संक्रमणकालीन न्याय सम्बन्धि विधेयक पारित छिटो पारित हनुपर्छ भन्नेमा सरकारलाई सबैले साथ दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब आउने हिउँदे अधिवेशनमा यो टिआरसी बिल र अर्को चाहीँ सम्पती शुद्धिकरण सम्बन्धि विल एकदमै आवश्यक परेकाले यसलाई टुंग्याउनु पर्छ । र, यसलाई छिटो टुंग्याउनेमा छौं । त्यसपछि संघीय निजामती ऐन टुंग्याउने छौं । संघीय प्रहरी ऐन टुंग्याउनु छ । यस्ता थुप्र्रै छन । यसमा तपाईहरुको सदभाव, सहयोग रहन्छ भन्ने मलाई विश्वास छ । किनभने समितिमा पनि छलफलको क्रममा हामीले धेरै भिक्टिम साथीहरुसँग पनि हामीले छलफल गरेका छौं । र, तपाईहरुको १७/१८ वर्षदेखि बगेको आँशु खेर जान दिन हुन्नभनेर नै हामी यसमा एकदम सिन्सिएर छौंं । धेरै गम्भिर ढंगले हामी लागि रहेको अवस्था हो । त्यसैले तपाईलाई दुखेको पीडा मैले महशुस गर्नुपर्छ ।’

मन्त्री गुरुङले सरकारले संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन ल्याउने काममा पनि ढिलाई नगर्ने आश्वासन दिनुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?