
काठमाडौं । पूर्वमन्त्री एवं पूर्वराजदूत डा.भेषबहादुर थापाको ‘राष्ट्र परराष्ट्र, एकतन्त्रदेखि गणतन्त्रसम्म’ पुस्तक विमोचन गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच उक्त पुस्तक विमोचन गरिएको हो ।
पुस्तक विमोचन समारोहमा बोल्दै लेखक थापाले परिवार र सद्भाव राख्ने मित्रहरूको निरन्तर प्रेरणा र आग्रहमा पुस्तक लेख्न सफल भएको बताउनुभयो । उहाँले पुस्तकमा कलिलो उमेरदेखि नेपाल सरकारमार्फत राष्ट्रिय योजना, आर्थिक राजनीतिक, कूटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रहरूमा काम गर्दाको अनुभव रहेको सुनाउनुभयो ।
उहाँले पुस्तकमा व्यक्तिगत धारणा नभई आफ्नो व्यावसायिक जीवनको दौडानमा राष्ट्रको लागि महत्वपूर्ण घटना र मुद्दालाई समेट्ने प्रयास गरिएको जिकिर गर्नुभयो । उहाँले पुस्तकले आफूहरूको पुस्ताले गरेको प्रयासले नेपालको भविष्य निर्माणका लागि आधार सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सांसद डा.स्वर्णिम वाग्ले र सुमना श्रेष्ठले पुस्तकले नेपालको भविष्य निर्माणका लागि नयाँ आयाम थप्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच