लोपोन्मुख मंगोलियन साइगा मृगको संख्या एकाएक बढ्यो

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । लोपोन्मुख मंगोलियन साइगा मृगको संख्या अचानक बढेर १५ हजार ५ सय नाघेको छ ।

स्थानीय सञ्चारमाध्यमले मंगलवार विश्व वाइड फण्ड फर नेचर (डब्ल्युडब्ल्युएफ) मंगोलियालाई उद्धृत गर्दै यसबारेमा जानकारी गराएको हो ।

मंगोलियन साइगा मृगको जनसंख्या यस वर्ष कम्तिमा १५ हजार ५ सय ४० पुगेको छ । साथै सन् २०१८ पछि मंगोलियन साइगा मृगको अवैध शिकारको कुनै घटना नभएको बताइएको छ ।

संक्रामक रोग, मौसमको समस्या र शिकारलगायतका समस्याका कारण २ हजारमा रहेको यो जनसंख्या घटेर ७५० मा सिमित भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?