म बिरालो हुँ । मलाई अङ्ग्रेजीमा क्याट (ऋबत) भनिन्छ । म बाध वर्गकै सानो प्राणी हुँ । म लामो समयदेखि घरपालुवा बन्दै आएको छु । मेरा धेरै प्रजाति छन् । तीमध्ये केही अझै पनि जङ्गली अवस्थामै छन् । म भने मानिससँग घुलमिल भएर रत्तिइरहेको छु ।
म चारखुट्टे प्राणी हुँ । मेरा खुट्टामा नङ्ग्रा हुन्छन् । मेरो पुच्छर लामो हुन्छ । टाउको सानो तथा गोलो हुन्छ र मुखनेर लामा जुँगा हुन्छन् । म मुसाको शत्रु हुँ । मुसाको सिकार गर्न म निकै मन पराउँछु । मानिसको अन्न खाइदिने मुसा मारिदिएर मैले उनीहरूलाई सहयोग पुर्याउँदै आएको छु । यसबाट जैविक सन्तुलनमा पनि सहयोग पुगेको छ । मेरो शरीर बाक्ला छोटा रौंले ढाकिएको हुन्छ । म सेतो, कालो, खैरो र टाटेपाटे हुन्छु ।
म बच्चा जन्माउने प्राणी हुँ । गर्भाधारणको तीन महिनापछि मेरो पोथीले दुईदेखि चारवटासम्म बच्चा जन्माउँछ र दूध चुसाउँछ । त्यसैले म स्तनधारी प्राणी हुँ । म मानिसले दिएको दूध, दही, भात र मासु पनि खान्छु । त्यसकारण म सर्वाहारी प्राणी हुँ भन्दा फरक पर्दैन । म दिनमा मात्र नभएर रातमा पनि सक्रिय हुनसक्छु । अँध्यारामा पनि म आँखा देख्न सक्छु ।
म बाघ वर्गको मांसाहारी प्राणी भए पनि मानिससँगको निकटताका कारण म सर्वाहारी बन्नपुगेको हुँ । मुसापछिको मेरा मनपर्ने खानेकुरा दुध र दही नै हो । त्यसैले मानिसहरू मदेखि यस्ता कुरालाई सतर्कताका साथ जोगाउने गर्छन् । म दूध, ऊन वा मासुका लागि पालिने प्राणी होइन । मानिसले मलाई मुसा नियन्त्रण र सोखका लागि पाल्ने गरेका छन् । उनीहरूले मसँग जोडेर अनेक कथा र कविताहरू लेख्ने गरेका पनि छन्, खेल पनि बनाएका छन् । उनीहरूको साहितका बेला मैले बाटो काटेँ भने उनीहरू आफ्नो साहित बिग्रेको ठान्छन् । यसैगरी मेरो सालनाललाई भने उनीहरू भाग्य र समृद्धिसँग जोडेर हेर्ने गर्छन् ।
म मेरो दिसालाई माटाले छोप्छु । यो मेरो अनौठो बानी हो । म दस बाह्र वर्ष बाँच्छु । यसरी निकै पहिलेदेखि नै म मानिसका जीवनसँग अभिन्न रूपमा गाँसिएर बाँचिरहेको छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच