कम्बोडियाको एक होटलमा आगलागी हुँदा एक नेपालीको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कम्बोडियाको पोइपेट सहरको क्यासिनोमा आगलागी हुँदा एक नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा बिर्तामोडाका ४० वर्षीय निराकर पाण्डे रहेका छन् । ग्राण्ड डायमण्ड सिटी क्यासिनोमा कार्यरत रहेका पाण्डेको आगोबाट बच्न क्यासिनको १२ तलाबाट हाम फाल्दा मृत्यु भएको हो ।

स्थानीय समय अनुसार बिहीबार राति ११ बजेदेखि उनी बसेको होटल क्यासिनोमा आगलागी सुरु भएको थियो । क्यासिनोबाट हाम फाल्नुअघि पाण्डेले डेढ घण्टा परिवारका सदस्यहरुसँग कुराकानी गरेका थिए ।

आगलागीमा पाण्डेसहित २४ जनाको मृत्यु भएको छ । पाण्डेको शव थाइल्यान्डस्थित नेपाली राजदूतावासमार्फत नेपाल पठाउने तयारी भइरहेको छ । उनी एक महिना अघि मात्र कक्बोडिया पुगेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?