राष्ट्रियसभा सभा सदस्य निर्वाचनका मतदाताको मतभार बढाएर नयाँ कायम

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सभा सदस्य निर्वाचनका मतदाताको मतभार बढाएर नयाँ कायम गरेको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार आयोगले नयाँ मतभार कायम गरेको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको सिफारिस समेतका आधारमा प्रदेश सभा सदस्यका लागि ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको लागि १९ मतभार कायम हुने गरी आयोगबाट निर्णय भएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो।

यसअघि राष्ट्रिय सभा सदस्य निर्वाचनमा उक्त मतभार प्रदेश सभा सदस्यका लागि ४८ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १८ रहेको थियो।

हेर्नुहोस् विज्ञप्ति

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?