
प्यालेस्टाइन विद्रोही समूह हमास र इजरायली सेनाबीच जारी युद्ध निकै आक्रामक र भीषण हुँदै गएको छ । विद्रोही हमासले आकस्मिक रूपमा इजरायली भूभागमा एकतर्फी घातक आक्रमण गर्यो । हमास समूहले जमिन, आकाश र जल क्षेत्रबाट एकैसाथ आक्रमण गर्दै इजरायलमा प्रवेश गरेका थिए । उनीहरूले कैयौं इजरायलीलाई नियन्त्रणमा लिएर गएका छन् भने विद्रोहीको रकेट र गोली प्रहारबाट १२०० भन्दा बढी निर्दोष इजरायलीको ज्यान गइसकेको छन् भने ३ हजार जति घाइते छन् । इजरायलतर्फ ज्यान गुमाउनेमा १० जना नेपाली विद्यार्थीसमेत रहेका छन् । यसको प्रतिउत्तरमा इजरायलले थालेको सैन्य कारबाहीमा प्यालेस्टाइनीहरू हताहत हुने क्रम जारी छ ।
नेपाली कांग्रेसको सरकारका प्रधानमन्त्री बीपी कोइराला भएका बेला उनले इजरायललाई स्वतन्त्र राष्ट्रको मान्यता प्रदान गर्दा नेपालले विश्वव्यापी चर्चा पाएको थियो । इजरायलसित नेपालको कूटनीतिक सम्बन्ध रहिआएको छ र समय समयमा नेपाली छात्र र विज्ञहरूले इजरायलबाट विभिन्न किसिमका प्रशिक्षण प्राप्त गर्दैआएका छन् ।
युद्धमा दुवैतर्फ हजारौं सर्वसाधारण घाइते भएका छन् । दुवैतर्फका कारबाहीमा अधिकांश सर्वसाधारणको ज्यान गइरहेको छ । इजरायलले प्यालेस्टाइनी लडाकु समूह हमासविरुद्ध युद्धको घोषणा गरेको छ । प्यालेस्टाइनी लडाकु हमासले इजरायली भूभागमा घुसपैठ गरी आक्रमण गरेपछि इजरायली सरकारले हमासविरुद्ध युद्धको औपचारिक घोषणा गरेको हो । इजरायलले गाजा क्षेत्रमा र बेष्ट बैंक क्षेत्रमा गरेको प्रतिआक्रमण निकै विध्वंसक र घातक सावित भएको छ । प्यालेस्टाइनी छापामारको आक्रमणलाई विश्वले निन्दा गरेको छ । कतिपय इस्लामिक राष्ट्रहरूले पनि प्यालेस्टाइनलाई समर्थन गर्न सक्ने अवस्था रहेको छैन ।
सम्भवतः हमासले यसपटक ऐतिहासिक गल्ति गरेको छ, जसको पश्चाताप उसले लामो समयसम्म गरिरहनुपर्नेछ । प्यालेस्टाइनको हमास ग्रुपको यस आक्रमणको इरान र लेबनानलगायतका देशले समर्थन गरेको अवस्था देखिन्छ भने अमेरिकाले खुलेरै इजरायलको समर्थन गर्ने भएको छ । प्यालेस्टाइन-इजरायल युद्धको समर्थन र विपक्षमा देशहरू उभिन थालेपछि यो झन् चर्किने निश्चित छ ।
इजरायली सेना इजरायल डिफेन्स फोर्स (आईडिएफ) ले गाजापट्टीसँगको सिमाना पूर्ण रूपमा आफूहरूको नियन्त्रणमा आएको दाबी गरेको छ । हमासले इजरायलभित्र घुसपैठ गरेको करिब ७२ घण्टापछि सिमानामा इजरायली सेनाले नियन्त्रण पाएको हो । हमास लडाकुले गाजा-इजरायल सीमाका विभिन्न स्थानका तारबार भत्काएर करिब एक हजार इजरायलीलाई कुटपिट र हत्या गर्दै सयौंलाई अपहरण गरेर गाजापट्टीतर्फ लगे । हमासले इजरायली महिलासित नरभक्षी, क्रूर एवं आतातायी व्यवहार गरेको छ जसलाई संसारले निन्दा गरिरहेको छ ।
हमासको आक्रमणमा एक दर्जन जति निर्दोष नेपाली नागरिक पनि मारिएका छन् । शिक्षा आर्जन गर्न गएका नेपाली छात्रहरू हमासको आतंककारी आक्रमणमा मारिँदा नेपालका कुनै पनि राजनीतिक दल र बुद्धिजीवीले हमासको कृत्यको निन्दा गरेनन् । अहिले इजरायलद्वारा प्यालेस्टाइनको गाजा क्षेत्रमा जारी आक्रमणमा निर्दोष प्यालेस्टाइनी पनि मारिएका छन्, उनीहरू सहानुभूति र सहयोगका हकदार छन तर जसरी हमासको पक्षमा इस्लामिक राष्ट्रहरूद्वारा समर्थन गर्ने, त्यसको पक्षमा खुलेर उभिने अथवा केही आतंककारी समूहरूले हमासको समर्थनमा इजरायलको विरोधमा लड्ने घोषणाले इजरायलका समर्थक र उसका मित्रराष्ट्र पनि उसको पक्षमा उभिने छन्, यसले झनद्वन्द्वलाई चर्काउने नै छ, शक्ति कायम गर्नेछ ।
अहिले तत्काल हमासका लडाकुहरूले आफ्नो नियन्त्रणमा बन्धक बनाएर राखेका इजरायलीहरूको निशर्त रिहाइ आवश्यक छ । इजरायलीहरूको रिहाइपछि उसले इजरायलले प्यालेस्टाइनको कुनै पनि भूभागमा आक्रमण जारी राख्नु गलत हुनेछ । अतीतमा नेपालमा नेपाली काङ्ग्रेसको सरकारका प्रधानमन्त्री बीपी कोइरालाले इजरायललाई स्वतन्त्र राष्ट्रको आधिकारिक मान्यता प्रदान गर्दा नेपालले विश्वव्यापी रूपमा नै चर्चा पाएको थियो । इजरायलसित नेपालको कूटनीतिक सम्बन्ध रहिआएको छ र समय समयमा नेपाली छात्रहरू र विज्ञहरूले इजरायलबाट विभिन्न किसिमका प्रशिक्षण प्राप्त गर्दै आएका छन् ।
हिटलरको नाजी शासनमा झण्डै सखाप पारिएका यहुदीहरू वर्षौंसम्म राष्ट्रविहीन अवस्थामा थिए । यहुदीलाई शरण दिन पनि कोही चाहिरहेका थिएनन् तर उनीहरूले आफ्नो थातथलो इजरायललाई अन्ततः आफ्नो भूमिको रूपमा विकसित गरे ।
इजरायलले नेपालमा अनेकौं विकास निर्माण परियोजना पनि सञ्चालन गर्दै आएको छ । यहुदीहरूको देश इजरायलले शिक्षा, स्वास्थ्य, विज्ञान र अनुसन्धानको क्षेत्रमा धेरै थोक दिएको छ । कम्युनिष्टहरूका वैचारिक आदिगुरु कार्ल माक्र्स पनि यहुदी नै थिए । विश्वका अधिकांश ख्याति प्राप्त र सर्वाधिक नोबेल पुरस्कार विजेता वैज्ञानिक पनि यहुदी नै छन् । यहुदीहरूवाट विश्व जगतले धेरै कुरा सिक्न सक्दछ । अमेरिका जस्तो विश्वको शक्तिशाली देशले सानो देश इजरायललाई काखी च्यापी हिँड्नुको मुख्य कारण यहुदीहरूको शिक्षा, विज्ञान र अनुसन्धानप्रतिको अतुलनीय ज्ञान नै हो ।
यहुदीहरू स्वयं पनि पीडित रहिआएका छन् । हिटलरको नाजी शासनमा झण्डै सखाप पारिएका यहुदीहरू वर्षौंसम्म राष्ट्रविहीन अवस्थामा थिए । यहुदीलाई शरण दिन पनि कोही चाहिरहेका थिएनन् तर उनीहरूले आफ्नो थातथलो इजरायललाई अन्ततः आफ्नो भूमिको रूपमा विकसित गरे । कतिपयले प्यालेस्टाइनी मुसलमानहरूले नै यहुदीलाई आफ्नो देशमा शरण दिएको दाबी गरिरहेका छन् । यहुदी धर्म इस्लाम र इसाईभन्दा पुरानो हो । उनीहरूको उपासना पद्धति मुसलमानहरूलाई कहिल्यै मन परेन । प्यालेस्टाइनी मुसलमानहरूले, यहुदीहरूसित गर्दै आएको व्यवहारले नै दुवै समुदायबीच फाटो ल्याउने काम गरेको छ ।
यस प्रकरणमा सबैभन्दा चुनौतीपूर्ण अवस्था दक्षिणी छिमेकी भारतको रहेको छ । प्यालेस्टाइनसित भारतको घनिष्ठ सम्बन्ध रहिआएको छ । प्यालेस्टाइनका सर्वाधिक सम्मानित नेता यासेर अराफात त भारतमा पनि निकै लोकप्रिय थिए । उनी प्यालेस्टाइनलाई धर्मनिरपेक्ष बनाउन चाहन्थे । प्यालेस्टाइनप्रति भारतको अहिले पनि सहानुभूति रहिआएको छ । शायद त्यही भएर होला भारतले त्यहाँका जनताको निम्ति ठूलो मात्रामा खाद्यान्नलगायत राहत सामग्री सहयोगस्वरूप उपलब्ध पनि गराएको छ तर ७ अक्टोबरमा हमासद्वारा इजरायलमाथि आक्रमण गर्दा इजरायलप्रति ऐक्यबद्धता र सहानुभूति व्यक्त गर्ने देश पनि भारत नै रहृयो ।
फेरि २७ अक्टोबरमा संयुक्त राष्ट्र संघमा अरब देशहरूले सामूहिक रूपमा एउटा प्रस्ताव पनि लिएर आएका थिए तर भारतले त्यस मतदान प्रक्रियामा सहभागिता जनाएन । सम्भवतः हमासले आतंककारी गतिविधि नगरेको भए प्यालेस्टाइनप्रति पूरै विश्वको सहानुभूति हुनेथियो । हमासका आतंककारीहरूले आफ्नो नियन्त्रणमा बन्धक बनाएर राखेका एक गर्भवती महिलाको बलजफती प्रसव गराई तिनका नवजात शिशुको मासु र भात तिनको आमालाई खान दिनु पाशविक कृत्यको पराकाष्ठा थियो । यो इजरायलको दाबी रहेको छ । आतंकवादको घटनाबाट पीडित कुनै पनि देशले हमासले गरेका यस्ता कृत्यको समर्थन गर्ने छैनन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच