काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले ‘राजतन्त्रको भुत पन्छाउन’ आफूहरु सडकमा आएको बताउनु भएको छ।
राजतन्त्र फिर्ताको नारासहित सडक प्रदर्शनमा उत्रिएका व्यवसायी दुर्गा प्रसाईप्रति लक्षित गर्दै बस्नेतले ‘राजतन्त्रको भुत’ आफूहरुले पन्छाउने दाबी गर्नुभयो ।
बिहीबार प्रसाईसँगै एमालेनिकट युवा संघले पनि काठमाडौंमा प्रदर्शन गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डले पनि आफू नसच्चिए सिंहदबारको कुर्सीबाट ल्याएर सडकमा ल्याउने बस्नेतले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले कानून मान्यौं निषेधित क्षेत्र तोडेनौं प्रचण्डजीलाई पनि चेतावनी दिन चाहन्छु तपाईं सच्चिनुभएन भने तपाईंको ३२ सिटे पार्टी र तपाईं जोगिन नेपाली जनताको भविष्य अन्धकारमय बनाउनुभयो भने सिंहदबारको कुर्सीबाट ल्याएर माइतीघरमा होकि तीनकुनेको सडकमा पर्छार्ने त्यो तागत एमालेसँग छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच