नेपाली रुपैयाँ कमजोर बन्दै, बढ्यो डलर र युरोको मूल्य

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ बढेर नयाँ रेकर्ड कायम गरेको छ । जसअनुसार, आज एक डलरको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ २७ पैसा र बिक्री दर १४५ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १२ पैसा र बिक्री दर १६७ रुपैयाँ ८८ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८७.४२ रुपैयाँ र बिक्री दर ८७.८१ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ २६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७० पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ८ रुपैयाँ ९६ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा १० रूपैयाँ २४ पैसा र बिक्री दर १० रूपैयाँ २८ पैसामा खरिदबिक्री गर्न सकिनेछ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४८ रुपैयाँ र बिक्री दर ३५.६४ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.४४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५७ रुपैयाँमा कारोबार गरिनेछ ।

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४३१.७२ पैसा र विक्रीदर ४३३.६७ पैसामा कारोबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?