कास्की । पोखरामा जारी ‘केपी ओली कप राष्ट्रिय टी-ट्वान्टी क्रिकेट’ प्रतियोगितामा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । बागमतीले लगातार दुई खेल जित्दै प्रतियोगिताको अन्तिम चारणमा पुगेको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुक्रबार सम्पन्न पहिलो खेलमा बागमतीले कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्न सफल भयो । खेलमा टस जितेर व्याटिङ सुरु गरेको बागमतीले रित गौतम र इशान पाण्डेको अर्धशतकीय पारीमा छ विकेटको क्षतिमा १८९ को विशाल योगफल तयार गरेको थियो ।
बागमतीका गौतमले १० चौका र दुई छक्का हिर्काउँदै सर्वाधिक ८२ रन बनाए भने पाण्डेले चार चौका र छ छक्कासहित ७० रनको योगदान दिनुभयो । जवाफी व्याटिङ थालेको कर्णाली प्रदेश भने १७ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर ९९ रनमात्रै जोड्न सक्यो । बागमतीका कप्तान सन्दीप लामिछानेले चार विकेट लिएपछि कर्णालीलाई लक्ष्य भेट्टाउन सकस भएको थियो । बागमतीका दीपेश श्रेष्ठले दुई तथा इशान पाण्डे, सुवास खत्री, रिजन ढकाल र प्रतीश जिसीले समान एक-एक विकेट लिनुभयो ।
बागमतीले शुक्रबार उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी (रातो) लाई पराजित गरेको थियो । कर्णालीका दिनेश अधिकारीले तीन तथा दिवान पुन र अनुज चनाराले समान एक-एक विकेट लिनुभयो ।
कर्णालीका अर्जुन घर्तीले सर्वाधिक २४, विपिन शाहीले २१, कप्तान रवीन्द्र शाहीले २० र दीपेन्द्र रावतले १२ रनको योगदान दिए । बागमतीको समूहमा आयोजक रातो र कर्णाली प्रदेश रहनुभएको छ । बागमतीले आफ्नो समूहका दुवै खेल जितेको हो ।
यस्तै घरेलु टोली गण्डकीले नेपाल एपीएफ क्लबमाथि चार विकेटको जित हात पारेकोछ । जितको लागि १०२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको गण्डकीले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा ग¥यो । गण्डकीको जितमा मुस्कान थापाले २३ बलमा चार चौकासहित सर्वाधिक २५ रन बनाउनुभयो ।
दिनेश बुढामगरले ३३ बलमा दुई चौका र एक छक्कासहित २५, गौरव विक र अभिषेक थापाले ११-११ रन बनाउनुभयो । विजयी छक्का हानेका अमृता गुरुङ , रनमा नट आउट रहनुभयो । एपीएफका अभिनाश बोहराले चार ओभरमा १२ रन खर्चेर दुई विकेट लिनुभयो । इर्शद अहमद, अमर रौटेला र अरुण ऐरीले एक-एक विकेट लिनुभयो ।
त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफ १८.४ ओभरमा १०१ रनमा अल आउट भएको थियो । एपीएफका कप्तान प्रदीप ऐरीले २३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २० रन बनाउनुभयो । । आसिफ शेख १२, सन्दिप जोरा डक, लोकेश बम १२, भुवन कार्की र सुमित महर्जन १४-१४ रनमा आउट हुनुभयो । अरुण ऐरी र अमर रौटेलाले ५-५ रन वनाउनुभयो ।
गण्डकीका बिपिन खत्री, अमृत गुरुङ, चन्द्रकान्त पौडेल र कमल परियारले २-२ विकेट लिनुभयो । दिनेश बुढामगर र सुदीप अर्यालले १-१ विकेट लिनुभयो । समूह ‘बी’ मा रहेको गण्डकीले आइतबार लुम्बिनीसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा गण्डकी सेमिफाइनल खेल्नेछ । अन्यथा नेटरनरेटमा भर पर्नेछ । समूह ‘ए’बाट बागमती सेमिफाइनलमा पुगिसकेको छ । समूह ‘सी’मा नेपाल पुलिस क्लब, मदेश र सुदूरपश्चिम प्रदेश छन् । समूह ‘डी’ मा आर्मी, कोशी र मदन भण्डारी स्पोर्ट्स एकेडेमी ब्लु छन् । बागमतीले सेमिफाइनलमा समूह ‘डी’को विजेतासँग खेल्नेछ । अर्को सेमिफाइनलमा समूह ‘बी’ र ‘सी’का विजेता खेल्नेछन् ।
प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीको दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको च्याम्पियन टोलीले पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई दुई लाख ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने एकेडेमीका अध्यक्ष ध्रुव्र आचार्यले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को नियमानुसार सञ्चालन भएको प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले ३० हजार, ‘बेस्ट बलर’ले २० हजार, र ‘म्यान अफ द म्याच’ले पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच