चीनद्वारा प्राविधिक प्रयोगात्मक उपग्रह प्रक्षेपण

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । चीनले प्राविधिक प्रयोगात्मक उपग्रह प्रक्षेपण गरेको छ ।

चीनले दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्राविधिक प्रयोगात्मक उपग्रह कक्षमा पठाएको हो ।

स्याटेलाइट इन्टरनेट टेक्नोलोजीका लागि प्रयोग गरिएको उपग्रह साँझ ६ बजे प्रक्षेपण गरिएको थियो । (बेइजिङ समय) लङ मार्च-२ डी वाहक रकेटद्वारा र सफलतापूर्वक आफ्नो कक्षमा प्रवेश गरेको हो ।

यो प्रक्षेपण लङ मार्च क्यारियर रकेट शृङ्खलाको ४९८ औं मिशन हो । यो लङ मार्च-२ डी क्यारियर रकेटको ८४ औं मिशन पनि हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?