गयल !

Sujan Gaihre
Read Time = 2 mins

म अचेल गयल छु

म तिम्रो स्मृतिमा गयल छु

म अचेल तिम्रो मुस्कानमा गयल छु

म मधुर जुनमा

पुर्णिामा सम्मनै गयल छु

मलाई त्यो गल्लिमा नखोज्नु

काम मोह स्वार्थ ती सबै गल्लीमा म अचेल गयल छु

म अचेल तिमिले भेट्ने गरेका बासनामा

पिउने गरेका तरलमा

लिने गरेका स्वादमा म गयल छु

किनकी म स्वाद हु पानीको

म अहिले त्यहाँ पनि गयल छु

तिमीहरूले मेरो मुटुनै च्यातेर हेर्ने कुचेस्टा

गर्छौ अब मलाई थाहा छ

गल्ती नगर फेरि म अचेल त्यहाँपनि गयल छु

अस्तित्वमा आजसम्म कति प्रयोग गरेउ

अबको त्यो बासना म बाट नमिलेको

थाहा भयो

मलाई अब स्मृतिमा नखोज्नु

म  त्यहाँ गयल छु

म क्रोधित भएर पनि आफ्नै हतियार आँसु बगाउछु

नखिज्नु दह दहमा

म बगेको छु तर कहाँ कहाँ

नखिज्नु नदिमा म अचेल बगरबाटै

गयल छु

म राजा हुँ ठान्थे

सिंहासनमा नखोज्नु

म अचेल तिम्रो धर्तिको

गद्दिबाटै गयल छ

सिद्धान्त, शुत्र हरु विचलित होलान

खसेको छ मन माथिदेखी तलसम्म

स्याउ बनी

नज्खोज्नु न्युटनमा म

अचेल बिज्ञानदेखि नै गयल छु

दिनेले थाप्दैन

थाप्नेले दिदैन

नमाग्नु समाधी अहिले

म तिम्रो भिक्षादेखिनै गयल छु

यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?