भोजपुर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले पुराना मुद्धाहरुलाई पनि प्राथमिकता राखी काम गर्न जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन दिनु भएको छ ।
निरीक्षक भ्रमणका लागि भोजपुर पुग्नु भएका प्रदेश प्रहरी प्रमुख बास्तोलाले जिल्ला प्रहरी कार्यालय भोजपुरको आइतवार निरीक्षण गर्नु हुदै यस्तो निर्देशन दिनु भएको हो । कार्यालय तथा सम्पुर्ण शाखाहरुको समेत निरीक्षण गर्नु हुदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बास्तोलाले अनुशासित र ईमान्दारी भई दुरुस्त प्रहरी पोशाक लगाई आम नागरिकहरुसंग सदैव शिष्ट र सभ्य व्यवहार गर्न तथा शुन्य शहनशिलताको अक्षरस पालना गर्दै प्रविधीमैत्री, प्रमाण र परिणाममूखी अनुसन्धान कार्यमा बिशेष ध्यान दिन प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको थियो ।
उहाँले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम तथा लैंगिंक हिंसा बिरुद्धको १६ दिने अभियानलाई प्रभाबकारी रुपमा संचालन गरी दुरदराजमा रहेका नागरिकहरुको सचेतना बृद्धी हुने कार्यक्रम संचालन गर्न पनि निर्देशन दिनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच