चन्दननाथ नगरपालिकाका पञ्जिकरण शाखा प्रमुखविरुद्ध अख्तियारमा आरोपपत्र दायर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सामाजिक सुरक्षा भत्ता आफू र आफ्नै नाबालक छोराको खातामा जम्मा गर्ने एक खरिदार भ्रष्टाचारको अभियोगमा परेका छन् । जुम्लाको चन्दननाथ नगरपालिकाका खरिदार राजेन्द्रबहादुर भण्डारीले त्यसरी २० लाख ७८ हजार ६ रुपैयाँ हिनामिना गरेको अभियोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छ । आयोगले उनीविरुद्ध बिगो, जरिवाना र कैदको माग गर्दै भ्रष्टाचार मुद्दा लगाएको हो । अदालतबाट प्रमाणित भएमा खरिदार भण्डारीले पेन्सन पनि पाउने छैनन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा शाखा प्रमुख भण्डारीविरुद्ध बुधबार विशेष अदालतमा आरोप पत्र दायर भएको जानकारी दिनुभयो । प्रमुख भण्डारीले आर्थिक वर्ष २०७४÷०७५ देखि २०७६÷०७७ सम्म सामाजिक सुरक्षा भत्ता बैंकमार्फत लाभग्राहीको खातामा जम्मा गर्नुपर्ने थियो । तर, भण्डारीले कार्यालयको नामबाट बैंकलाई पत्र लेखी दस्तखत गरी २० लाख ७८ हजार छ सय रुपैयाँ आफ्नो र आफ्नो नाबालक छोराको खातामा जम्मा गरेको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ ।

प्रमुख भण्डारीले व्यक्तिगत हितमा रकम खर्च गरी सरकारी रकम हिनामिना गरेको पुष्टि हुन आएको हुँदा भ्रष्टाचार निवारण ऐनबमोजिम कसुर भएकाले २० लाख ७८ हजार ६ सय रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजाय मागदाबी गरी आरोपपत्र दायर गरिएको प्रवक्ता भण्डारीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?