काठमाडौं । इडेन ब्रिज एकेडेमी (इबिए) ले नवौँ रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा जित हात पारेको छ । स्युचाटारस्थित आयोजक रेडिअन्ट पब्लिकको कोर्टमा इबिएले प्राइम ग्लोबललाई २५-४ ले पराजित ग¥यो । विजयी टिमका लागि आदित्य श्रेष्ठले १७ स्कोर गर्नुभयो । जुनियर ब्वाइजमै ग्रिनफिल्डले पुष्प सदनलाई २२-१४ तथा श्री नवीनले साई निलायमलाई १२-१० ले हराए । ग्रिनफिल्डका रिजन तामाङले १० तथा श्री नवीनका सितोकले चार अंक जोड्नुभयो ।
सिनियर ब्वाइजमा सेबले केभिएसलाई २४-१४, पुष्प सदनले गोल्डेन फ्लावरलाई ४१-६, एनआइसीले द एक्सेल्सियरलाई ४०-२१, न्यु भिजनले पिपुल्स एकेडेमीलाई २३-१५ र ग्रिनफिल्डले सेन्ट्रल स्टेटलाई ३६-९ ले पाखा लगाए । सेबका विप्लव गुरुङले १५, पुष्प सदनका निकेश जिसीले ९, एनआइसीका यसोन थापा मगरले ९, न्यु भिजनका आयुश सापकोटाले २० र ग्रिनफिल्डका अर्जुन बस्नेतले १३ अंक बटुल्नुभयो ।
सिनियर गल्र्समा केभिसीले जेनिथलाई १२-४ तथा स्वर्णिमले रिब्सलाई १७-९ ले पन्छाए । केभिसीकी सौर्य राजभण्डारी तथा स्वर्णिमकी वासना श्रेष्ठले समान ६-६ स्कोर गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच