
काठमाडौं । साविक उपविजेता धनगढीले नेपाल सुपर लिगमा विजयी सुरुवात गरेको छ । परिवर्तित खेलाडी अहमद हिजाजीले अन्तिम समयमा निर्णायक गोल गरेपछि धनगढीले विरगञ्ज यूनाइटेड एफसीलाई पराजित गरेको हो । धनगढीलाई वीरगञ्जलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
धनगढीका लागि सुरुवाती गोल फोडे फोफाना र हिजाजीले गोल गर्दा विरगन्जका लागि हान्स क्वोफीले एक गोल गर्नुभयो । खेलको दोस्रो मिनेटमा नै धनगढीले फोडे फोफानाको गोल मार्फत खेलमा अग्रता लियो । आशिष चौधरीको पासमा ओलावाले अफिजले दिएको क्रसमा फोफानाले गोल गर्नुभएको थियो ।
त्यसपछि पनि धनगढीले पटक पटक अवसरहरु श्रृजना गर्यो । १३औं मिनेटमा आशिष चौधरीले बायाँ तिरबाट गरेको प्रहारलाई पोस्टबाट बाहिरियो ।१६औं मिनेटमा आशिषकै क्रस दीप कार्कीले फर्काउनुभयो ।
पहिलो हाफको अन्त्य तिर विरगन्जले पेनाल्टी मार्फत बराबरी गर्ने अवसर पायो । कर्नरमा फलु डियाग्नेले ह्याण्डबल गरेपछि विरगन्जले पाएको पेनाल्टीमा हान्स क्वोफीले गोल गर्दै पहिलो हाफ बराबरीमा टुंग्याउनुभएको थियो ।
५४औं मिनेटमा ओलावालेले वान अन वान मौका पाउनुभयो । तर उहाँले सट लिनु अघि वीरगञ्जका दिवाकर चौधरीले क्लियर गरेपछि धनगढीले अग्रताको मौका गुमायो । ५८औं मिनेटमा आशिष चौधरीको वान अन वान मौका सीमान्त थापाले विफल पार्नुभयो ।
८९औं मिनेटमा भने धनगढीका लागि हिजाजीले निर्णायक गोल गर्नुभयो । कृतिश रत्न छुन्जुको पासमा अहमद हिजाजीले गोल गर्दै धनगढीको जित निश्चित गर्नुभयो । जितसँगै धनगढीले ३ अंक जोडेको छ । प्रतियोगितामा सोमबार हुने खेलमा झापा एफसीले स्पोर्टिङ्ग मेची डे इलामको सामना गर्ने छ ।
ललितपुरको जित
यस्तै अर्को खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसी विरुद्ध २-० को जित निकाल्यो । ललितपुरका लागि दिनेश हेन्जन र अनन्त तामाङले एक एक गोल गर्नुभयो । २६औं मिनेटमा भने ललितपुरले खेलमा अग्रता लियो । अनन्त तामाङको लामो पासमा पापा केबेले नियन्त्रणमा लिएर प्रहार गर्न खोज्दा बुटवल डिफेन्डर अर्नेस्ट टाम्पीले क्लियर गरेको बल दिनेशको खुट्टामा पुगेको थियो र दिनेशले सहजै बललाई खाली पोस्टको दिशा देखाउनुभएको थियो । ३२औं मिनेटमा अनिल महर्जनको कर्नरमा ललितपुरका कप्तान तथा मार्की खेलाडी अनन्त तामाङले खाली रहेको अवस्थामा हेडर मार्फत दोस्रो गोल गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच