![मेरा लागि गीत-संगीत साधना हो : बेनिशा पौडेल, गायिका](https://ehimalayatimes.com/wp-content/uploads/2023/11/Benisha-Paudel-singer.jpg)
काठमाडौं । चन्द्रागिरि नगरपालिका-७ स्थित घुमाउनेटोलमा शनिबारदेखि ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ पार्क सञ्चालनमा आएको छ । रमाइला थ्रीडी आर्ट तथा विभिन्न आकृतिहरूको भरिएका एम्युजमेन्ट अर्थात् मनोरञ्जन पार्क सञ्चालनमा ल्याइएको हो । पार्कमा आउने आगन्तुकका लागि विभिन्न परिकारसँग रमाउन फाष्टफुड क्याफे तथा रेस्टुरेन्ट पनि सञ्चालन गरिएको छ ।
यस सम्बन्धी जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा पार्कका अध्यक्ष सुमनकिशोर पुनले आधुनिक तथा व्यस्त जीवनशैली, बढ्दो शहरीकरणका कारण मानिस साँघुरो क्षेत्रमा सीमित भई उकुस-मुकुस वातावरणमा आफ्नो दिनचर्या खुम्च्याउनुपर्ने अवस्थामा रहेको, घुमफिर गरेर आनन्द लिने र शरीर तथा मनलाई पुनर्ताजगी दिने वस्तु तथा स्थलको माग दिन दिनै बढ्दै गैरहेकोले ड्रिम वल्र्डको परिकल्पना गरिएको जिकिर गर्नुभयो । उहाँले पत्रकारहरूको जिज्ञाशालाई सम्बोधन गर्दै भनुभयो, ‘ड्रिमवल्र्ड एउटा घरभित्र निर्माण गरिएको मनोरञ्जनात्मक पार्क हो । यो एउटा सपनाको संसार नै हो । यस घरभित्र नयाँ र आकर्षक विषेश प्रविधियुक्त वस्तु, चित्र तथा मनोरञ्जनका साधनबाट नौलो र रोचक अनुभवहरू प्राप्त गर्न गर्न सकिन्छ । सबै उमेरका व्यक्ति यहाँ भिडियो तथा तस्वीर खिच्दै यहाँ भएको रेस्टुरेन्टमा विभिन्न परिकार खाँदै रमाउन सक्छन् ।’
नेपालमै पहिलोपटक कम मूल्यमा एकै ठाउँमा त्यो पनि एउटै भवनभित्र धेरै सुविधा प्राप्त गर्न सकिने गन्तव्यका रूपमा यसलाई विकास गरिएको जानकारी गराउँदै उहाँले काठमाडौं उपत्यकाको भिडभाडबाट केही पर गएर शान्त प्राकृतिक वातावरणमा रम्न चाहानेहरूका लागि चन्द्रागिरिमा अवस्थित यो क्षेत्र आफैंमा महत्वपूर्ण रोजाइमा पर्न सक्छ भन्ने विश्वाश लिएको बताउनुभयो ।
ड्रिम वल्र्डभित्रका आकृति तथा संरचनालाई क्रमशः थ्रीडी आयामको भ्रम, दिव्य कोठा, भ्रमको हल, बलहरूको क्षेत्र, बालबालिका क्षेत्र, प्रेमको यात्रा, इन्टरगालेक्टिक स्पेस गरेर सात सेग्मेण्टमा बाँडिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच